गृहपृष्ठ Featured देश भरका ट्रक समितिको भेला कपिलवस्तुमा ,माग पुरा नभए चावि सरकारलाई बुझाउने निर्णय

देश भरका ट्रक समितिको भेला कपिलवस्तुमा ,माग पुरा नभए चावि सरकारलाई बुझाउने निर्णय

प्रकाशित मिति:

नेपाल ट्रक यातायात व्यवसायिहरुको कपिलवस्तु बाणगंगामा भएको बृहत भेलाले नेपाल ट्रक यातायात व्यवसायी महासंघमा रहेको विवाद समाधान गरेको छ । विगत दुई बर्षदेखि महासंघमा नारायणी यातायात व्यवसायिका अध्यक्ष हिरालाल श्रेष्ठ र नारायणी यातायात प्रा.लि.का अध्यक्ष गोकर्ण पराजुली बीच देखिएको आपसि द्धन्द्ध भेलाले समाधान गरेको आयोजक समितिका संयोजक यमप्रसाद पाण्डेले बताए । विवाद समाधान संगै अब व्यवसायीहरु बीच एकता भएको बुझिएको छ । सरकारले यातायात व्यवसायिका सहि मागहरुलाई समयमै सम्वोधन गर्न नसकेमा, दुर्घटना नहेरेमा व्यवसायीहरुले सरकारलाई चाबी बुझाउने निर्णय गरेका छन् ।

व्यवसायिक एकता आजको आवश्यकता भन्ने उदेश्यका साथ छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । ट्रक व्यवसायीहरुका बिस्तृत एवम् समसामयिक विषयहरुमा छलफलका लागि कपिलवस्तुको बाणगंगा १ वैरिया बाणगंगा यातायात व्यवसायी प्रा.लि.मा शुक्रवार देश भरका ९ वटा यातायात प्रा.लि.का पदाधिकारीहरुको भेला भएका थिए । जसमा नारायणी यातायात व्यवसायि प्रा.लि., पश्चीमाञ्चल यातायात व्यवसायि प्रा.लि, बाणगंगा यातायात व्यवसायि प्रा.लि, लुम्विनी यातायात व्यवसायि प्रा.लि, राप्ती अञ्चल यातायात व्यवसायि प्रा.लि, शिद्ध कैलास यातायात ढुवानि सेवा प्रा.लि, बाँके ट्रक यातायात सेवा प्रा.लि., तराई यातायात व्यवसायि संघ, रौतहट यातायात व्यवसायि संघका प्रतिनीधि हरु छलफलमा जुटेका थिए ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा कर तथा भ्याट केका लागि ? संघ संस्थाको समन्वयकारी भुमिका के ? महासंघ व्यवसायि प्रा.लि.को उदासिनता किन ? र दुर्घटना तथा भाडाका बिषयमा छलफल भएको थियो । छलफल कार्यक्रममा विभिन्न यातायात प्रा.लि.बाट उपस्थित पदाधिकारीहरुले सरकार समक्ष आक्रोस पोखेका छन् । व्यवसायिहरु एक नभएका कारणले सरकारले लगाएको कर ,भ्याट ,दुर्घटना लगाएतमा भएका नियमहरुले व्यवसायिहरु मर्कामा रहेका छन् । यिनै पिरमर्काहरु स्वयम नेपाल ट्रक यातायात व्यवसायिले नै नबुझ्दा ट्रक यातायात व्यवसायिहरु मारमा परेको जिकिर गरेका छन् ।

अब व्यवसायीहरु शसक्त ढंगले आन्दोलमा नजाने हो भने व्यवसायीको हित नहूने बोल्ने वक्ताहरुले बताए । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी प्रदेश न.५का अध्यक्ष यम प्रसाद पाण्डेका अध्यक्षता रहेको थियो । यस्तै नेपाल ट्रक यातायात व्यवसायी प्रदेश न.५ को आयोजना रहेको कार्यक्रममा नौ वटा यातायात प्र्रा.लि.का करिब ५० भन्दा बढिको उपस्थीति रहेको थियो । कार्यक्रम बाणगंगा यातायात व्यवसायि प्रा.लि. बाणगंगाको आयोजना तथा बाणगंगा यातायात व्यवसायी समितिका महासचिव लक्ष्मण भुसालको संचालनमा मायादेवि रिसोर्टमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार