कपिलवस्तुको जेसीजको अध्यक्षमा मनोज कुमार खत्री चयन भएका छन् । निकै लामो कस्साकस्सा पछि जेसीजको २० आँै शाखा अधिवेशनबाट अध्यक्षमा खत्री चयन भएका हुन् । अध्यक्ष पदका लागि मनोज कुमार खत्री र नेत्र बन्जाडेको उम्मेद्वारी परेको थियो निर्वाचनबाट खत्री भारी मतान्तरले विजयी भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचन मण्डलमा सुन्दर पाण्डे, कृष्णराज अर्याल रहेका थिए । अधिवेशनबाट कार्यकारीणि उपाध्यक्षमा कमल खत्री, शंकर न्यौपाने, उपाध्यक्षमा झविन्द्र खनाल, अम्रित क्षेत्री, गरीना बेल्बासे, मधु शर्मा चयन भएका छन् ।
त्यस्तै कानुनी सल्लाहकारमा चन्द्रकान्त पोख्रेल, महासचिवमा प्रविन पौडेल, शाखा सम्पादकमा दिनेश क्षेत्रीलाई मनोनित गरिएको छ । माघ ११ गते प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यतामा साधारण साभा सम्पन्न भएपनि आन्तरिक विवादका कारण पदाधिकारीहरुको नाम भने टुंगो लाग्न सकेको थिएन । विभिन्न पदाधिकारीकाहरुका लागि नाम दर्ता गराएका उम्मेद्वारहरु बिच लामो समयको छलफल पछि सहमति जुटेको हो । शासन व्यक्तिको होईन विधिको हुनुपर्छ भन्ने मुल नाराका साथ संस्था स्थपना भएपनि कपिलवस्तु जेसीजको हकमा भने यसको ठिक विपरित भएको छर्लङ्ग भएको छ । अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा जेसीजले नमुना कार्य गर्ने बताए ।