हात्तीपाईले रोग निवारणका लागि कपिलवस्तु जिल्लामा लगातार ११ बर्ष अभियान संचालन भएपनि १२ दशमलव ५ प्रतिशतमा अझै हात्रीपाईले संक्रमण भेटिएका छन ।विश्व स्वास्थ्य संगठनले कपिलवस्तु जिल्लालाई विश्वको अति जोखीममा रहेको तथ्यंक सार्वजनिक गरेको छ । हात्तीपाइले रोगी बढी रहेको नेपालको जिल्लामा सुचीकृत जिल्ला कपिलवस्तुमा बिगत वि.स.२०६४ देखि लगातार अभियान संचालन गरिएका छन । हात्तीपाईले रोग निवारणका का लागि यो बार्ष १२ औँ पाटक औषाधी खुवाउन लागिएको तर हात्ती पाईलेका रोगीहरुको संख्या भने घटेको छैनन ।
२०२० भित्र हात्तीपाईले रोगीको संख्या १ प्रतिशत भन्दा कममा झार्ने सरकारी योजना रहेको छ । सो अवधिमा यसको निवारण निकै चुनौतीपुर्ण रहेको हरनमपुर पिएससीका मेडिकल अधिकृत डाक्टर गंगाराम यादवले वताए । यही माघ २५ गते कपिलवस्तुमा १२ औ बर्षको अभियान सुरु गर्ने डाक्टर यादवले बताए । ११ वर्ष सम्म अभियान संचालन गर्दा समेत प्रभावकारी नभएपछि जिल्लामा नयां रणनितिका साथ अभियान संचालन गर्न लागीएको कपिलस्तुको तौहिलवामा पत्रकारहरुसंगको अन्तरक्रिाय कार्याक्रममा जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतले वताएका छन् ।
तौलिहवामा हातीपाईले रोग बिरुद्धको औषधि सेवन सम्वन्धी अन्तरक्रीया कार्यक्रमलाई सहजीकरण गर्दै प्रमुख भगते जिल्लामा यस बर्ष स्वास्थ्यकर्मीको प्रत्क्षय निगरानीमा औषधी खुवाईने वताए । बिगतमा महिला स्वयमसेविका मार्फत औाषधी खुवाईने गरिएपनि यस वर्ष घरघरमा पुगेर स्वाथ्यकर्मीको निगरानीमा औषधि खुवाईने छ ।
हातीपाईले रोग लागीसकेपछि उपचार संम्भव नभएकाले औषधि सेवनमा कोही पनि नछुटन भन्ने उदेश्यले अभियान सुरु गरिएको हो ।सरकारले ११ वर्षसम्म अभियान संचालन गर्दा समेत जिल्लामा अभियान सफल हुन नसकनु दुखद भएको छ । हात्तीपाईले उच्चेरिया बाक्रोफेटी नामको परजीवीबाट लाग्दछ ।यो परजीवी एक ब्यक्तिबाट अर्कोमा पोथी लामखुट्टेको टोकाईबाट सर्दछ । यो रोग बिरुद्ध एडबेन्डाजोल र डिईसी नामक औषधी दिईन्छ र यो पुर्णतया सुरक्षित हुन सकिन्छ ।