गृहपृष्ठ Featured प्रदेश स्थापनाको अवसरमा तरुणदल र नेविसंघद्धारा खाद्यान्न तथा न्यानो कपडा प्रदान

प्रदेश स्थापनाको अवसरमा तरुणदल र नेविसंघद्धारा खाद्यान्न तथा न्यानो कपडा प्रदान

प्रकाशित मिति:

प्रदेश स्थापनाको अवसरमा नेपाल तरुणदल कपिलवस्तु र नेविसंघले विपन्न परिवारको घाउमा मलम लगाईदिएको छ । तरुणदल कपिलवस्तु र नेविसंघले वाणगंगा नगरपालिकाका वैजलपुर र दंगौलिका १५ घरपरिवारहरुलाई खाद्यान्न, सिरक, डसना तथा झुल वितरण गरि गरिव परिवारको साहारा बनेका हुन् ।  प्रदेश स्थापना दिवसको अवसरमा सरकारी निकायले गर्ने काम नेपाली कांग्रेका भातृ संगठन नेविसंघ र तरुणदलले उदाहरणिय कार्य गरेको हो । चिसो बढेसंगै निरन्तर रुपमा उक्त कार्य गरिरहेका उक्त भातृ संगठन र विद्यार्थी संगठनले विपन्न तथा अपांग परिवारलाई आज चामल, आलु, दाल तथा सिरक डसना प्रदान गरेको बताईएको छ । उक्त सामाग्रि पाएसंगै गरिव तथा विपन्न परिवारले खुसी व्यक्त गरेका थिए । घरघरमा पुगि विपन्न परिवारलाई उक्त खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको नेविसंघ क्षेत्र नं. १ का सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस वाागंगा नगर कार्यवाहक सभापति विष्णु थापाले सरकारले गर्नुपर्ने सामाजिक काम तरुणदल र नेविसंघले गरेको भन्दै यो कार्य नमुना योग्य रहेको बताए । उनले अन्य संगठनहरुले यो सकारात्मक कार्य अनुसरण गर्नुपर्ने बताए ।

तरुणदल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले राज्य तथा कुनै संघ संस्थाबाट नभई विशुद्ध आफ्नो खर्चबाट विपन्न तथा गरिब परिवारलाई सहयोग गरिएको बताए । उनले गरिव परिवारको पहिलो साहारा तरुणदल र नेविसंघ बन्ने बताए । त्यस्तै नेविसंघ क्षेत्र नं. १ का सभापति चन्द्रकान्त पोख्रेलले यो बर्षको चिसो याममा कपिलवस्तुका करिव ४ सय घरपरिवारलाई खाद्यान्न तथा न्यानो कपडा प्रदान गरिएको बताए । उनले कुनै ठाउँबाट सहयोग लिएको भन्ने गलत प्रचार भईरहेको भन्दै नेपाली कांग्रेसका युवाहरुको खाजा खर्चबाट कटौति गरि सहयोग गरिएको बताए । पोख्रेलले सानो सहयोगबाट विपन्न परिवारमा केहि राहत हुने भन्दै यी सामाजिक कार्यका लागि तरुणदल र नेविसंघ सदैव तयार रहने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार