गृहपृष्ठ खबर रुपन्देहीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देहीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका( २ का ६० वर्षिय रमेश लोध रहेका छन् ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइकललाई लुम्बिनी हुलाकी सडकखण्ड अन्तर्गत जिल्लाको मायादेवी गाउँपालिका ४ स्थित वनकसियामा मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।
मोटरसाइकललाई ठक्कर दिने टिप्पर चालक फरार रहेको र खोजी भइरहेको खत्रीले जानकारी दिए । मृतक लोधको शव पोष्टमार्टमको लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार