६९ औ प्रजातन्त्रदिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर १ कपिलवस्तु र नेपाल तरुण दल कपिलवस्तुले समाज निमार्णमा युवाहरुहरुको भुमिकाकार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काङग्रेस क्षेत्रीय कार्यसमितिका सचिव प्रेम नाराण पौडेलले समाज रुपान्तरणमा र देश विकासमा युवाहरुको अहमभुमिका रहेने बताए । साथै उनले लागु पदार्थमा फसेका युवाहरुलाई समाजमा पुनस्थापनागर्ने उदेश्यले राजेश आस्था फाउण्डेशन बैरियामा कार्यक्रम गरेको बताएका छन् ।
कार्यक्रममा नेपालीकाङग्रेस अर्घखाची कपिलवस्तु सम्र्पक समितिका अध्यक्ष तुल्सीराम घिमिरे, महिला नेत्रि इन्द्रिया तिमिल्सिनाले नशा घरको दशा भएको बताउदै नसाको उपचारमा रहेका युवारुलाई हिजोको गल्तीलाई त्याग्दै वर्तमान र भविष्यलाई अगाल्दै अगाडी बढ्न शुभकामना दिइन् ।
राजेश आस्था फाउण्डेशनका सञ्चालक नविन रानाले लागुऔषध सेवनगर्ने व्यक्तिलाई समाजले नराम्रो दृष्टिकोणले हेर्नभन्दा सुर्धान सके देश छिटो विकास हुने तर्क गर्नु भयो । युवा राष्ट् निर्माणमा जुटिरहदा राजेश आस्था फाउण्डेशनमा युवाहरुलाई उपचार गर्न कुनै निकाय बाट सहयोग नभएको तर्क दिए ।
तरुण दल क्षेत्रियजिल्ला सभापति शक्ति शिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेविसंघ क्षेत्र नम्बर १ का सभापति चन्द्रकान्त पोख्रलेले गरेका थिए । उक्तकार्य्रमको अबसरमा उपचारमा रहेका युवाहरुकालागि फलफुलपनि वितरण गरिएको थियो ।.