नेपाल शिक्षक संघ बाणगंगा नगरपालिका दोस्रो नगर प्रतिनिधि सभा सम्पन्न भएको छ । वाणगंगा नगर कार्यसमितिको आयोजनामा नेपाल शिक्षक संघको दोस्रो नगर प्रतिनिधि सभा दरखास्तमा अवस्थित श्रीपेच होटलमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति तथा पूर्व राज्य मन्त्री सुरेन्द्रराज आचार्यले समाजमा पहिले देखि नै चल्दै आएका लोक तान्त्रिक मूल्य मान्यताहरु विचलित हुँदै गएको बताए । उनले सरकारले अधिनायकवाद लाद्न खोजेको र भ्रष्टाचारलाई प्रशय दिइरहेको दावि गरे । शिक्षकहरुका हकहितका लागि नेपाली कंग्रेस सधैं हातेमालो गर्न तयार रहेको बताए । उनले कार्यक्रममा शिक्षक श्रमीकहरुका हक हितका लागि आफू र आफ्नो पार्टी अग्रसर हुने प्रतिवद्धता जाहेर गरे । आचार्यले शिक्षा क्षेत्रलाई सुधार गर्न र शिक्षकहरुका जायज माग पूरा गर्न शिक्षक एकता जरुरी रहेको बताए ।
कार्यक्रममा नगरकार्य समितिका अध्यक्ष कुलराज पौडेलको अध्यक्षता, नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति तथा पूर्व राज्य मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै नेपाल शिक्षक संघ प्रदेश ५ का महासचिव कृष्ण पंगेनी, नेपाल शिक्षक संघ प्रदेश ५ उप सचिव सृजना पण्डीत, जिल्ला शिक्षक महासंघ कपिलवस्तुका अध्यक्ष दिना सुवेदी, नेपाल शिक्षक संघ कपिलवस्तु जिल्ला अध्यक्ष अफाक अहमद खाँ, तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेपाल विद्यार्थी संघ क्षेत्र नं १ का सभापति चन्द्रकान्त पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक संघ नगर उपाध्यक्ष चन्द्रकान्त पोखरेल (सि.के.)को स्वागत मन्तव्य तथा शिक्षक संघ नगर सचिव रामप्रसाद भण्डारीको स्रंचालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षक संघमा आवद्ध ८० बढीको सहभागिता रहेको थियो ।