गृहपृष्ठ खेलकुद नगर स्थरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पहिलो दिन १० खेल सम्पन्न

नगर स्थरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पहिलो दिन १० खेल सम्पन्न

शिवराज नगरपालिका अन्र्तगत नगर स्थरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको पहिलो दिन आज १० खेल सम्पन्न भएका छन । शिवराज नगरपालिका ५ चन्द्रौटा राष्ट्रिय माविको खेलमैदानमा सञ्चालन भएको हो । शिवराज नगरपालिका नगरखेलकुदविकास समितिको आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मा शिवराज नगरपालीका भित्रका सस्थागत र सामुदायिक विद्यालयको सहभागीता रहेको छ ।

शिवराज नगरपालिकाको आयोजनामा सञ्चालन भएको खेलमा आज १० खेल सम्पन्न भएका हुन । जसमा छात्रा भलिबल मा समयथान मा वि प्रथम र नेपाल आर्दश मा वि दोस्रा भएको छ । त्यस्तै छात्रा तर्फको २०० मिटरको दौडमा नेपाल र्आदश मा वि प्रथम, समयथान मावि दास्रो र प्रकाश मा वि तेस्रो भएको छ । र छात्रा तर्फकै ४०० मिटर को दौडमा नेपाल र्आदश मा वि प्रथम, समयथान मा वि दास्रो र राष्ट्रिय मा वि तेस्रो भएको छ । त्यस्तै ८०० मिटर तफको दौडमा बालशिक्षा मा वि प्रथम, समयथान मा वि दोस्रो र राष्ट्रिय मा वि तुतिय भएको छ ।

त्यस्तै ,ज्यावलिङ्ग थ्रोमा नेपाल र्आदश मा वि प्रथम भएको छ । छात्रा तर्फकै ,सुटपुटमा समयथान मा वि प्रथम, नेपाल आदर्श मा वि दोस्रा र प्रकाश मा वि तेस्रो भएको छ ।

त्यस्तै छात्रतर्फका खेलह्रुमा ४०० मिटरको दौडमा प्रकाश मा वि प्रथम,समयथान मा वि दोस्रा र राष्ट्रिय मा वि तेस्रो भएको छ । तेस्तैै छात्र ८०० मिटर तर्फको दौडमा प्रकाश मा वि प्रथम, नेपाल आर्दश मा वि दोस्रा र रङ्घिलाल मा वि तेस्रो भएको छ । र छात्र तर्फको ,ज्यावलिङ्ग थ्रोमा नेपाल र्आदश मा वि प्रथम, र प्रकाश मा वि दोस्रा भएको छ । र छात्र सुटपुट तर्फ नेपाल र्आदश मा वि प्रथम, समयथान मा वि दोस्रा, र प्रकाश मा वि तेस्रो भएको छ ।

सम्बन्धित् समाचार