गृहपृष्ठ खेलकुद विजयनगरमा जारी दोस्रो अध्यक्षकप फुटबल प्रतियोगीताको सेमिफाइनल

विजयनगरमा जारी दोस्रो अध्यक्षकप फुटबल प्रतियोगीताको सेमिफाइनल

२०७६ फागुन ११
विजयनगर गाउँपालिकाको सहयोग र श्रीजनशिल युवा क्लबको आयोजनामा विजयनगर गाउँपालिकाको शंकरपुर खेलमैदानमा फागुन १ गतेदेखि जारी दोस्रो अध्यक्षकप फुटबल प्रतियोगीताको सेमिफाइनल राउण्डको अन्तिम खेल आज सकिएको छ ।

आज शसस्त्र प्रहरीबल ५ नम्बर बाहिनी रुपन्देही र नमुना ज्योति युवा क्लब हल्लानगर बी बिच खेल भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा प्रस्तुती देखाएका दुबै टिमको खेल अत्यन्तै रोमाञ्चक भएको थियो । खेलको अन्तिम समयसम्म पनि दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा परिणत भएको हो ।

पेनाल्टी सुटआउटमा नमुना ज्योति युवा क्लब हल्लानगर बीले ४ गोल गर्दै जित निकालेको छ । शसस्त्र प्रहरीबल ५ नम्बर बाहिनी रुपन्देहीले १ गोल मात्र हानेको थियो । आजको हारसँगै शसस्त्र प्रहरीबल ५ नम्बर बाहिनी रुपन्देही स्वत तेस्रो भएको छ । खेलको समापन तथा फाईनल खेलको प्रतिस्पर्धा भोलि गरिने आयोजकले जानकारी दिएको छ । भोलीको फाइनल खेलमा आयोजक ए संग नमुना ज्योति युवा क्लब हल्लानगर भिड्ने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले रु. ५५ हजार, दोस्रोले रु. ३५ हजार र तेस्रो हुनेले रु.२० हजारसँगै ट्रफी, मेडल, कप र प्रमाणपत्र पनि प्रदान गरिने खेल संयोजक पुनले जानकारी दिनुभयो । सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै म्यान अफ द सिरिजका खेलाडीलाई साईकल प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार