गृहपृष्ठ खबर कर्णालिमा जिप खस्दा चालकको मृत्यु

कर्णालिमा जिप खस्दा चालकको मृत्यु

फाल्गुण १३, २०७६
कर्णाली राजमार्गमा पर्ने कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ को जितेबाट मंगलबार विहान कर्णाली नदीमा जीप खस्दा सो जीपका चालकको मृत्यु भएको छ ।

रासकोटबाट जितेगडासम्म यात्रु पुर्याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

मृत्यु हुने चालकको नाम र ठेगाना खुल्न नसकेको उनले बताएका छन् । उनका अनुसार जीपमा चालक मात्र रहेको र चालकको शवको पहिचानका लागि प्रहरीले प्रयास गरिरहेको छ।

सम्बन्धित् समाचार