गृहपृष्ठ Featured नेविसंघद्धारा कपिलवस्तुको तैलिहवामा सडक प्रर्दशन

नेविसंघद्धारा कपिलवस्तुको तैलिहवामा सडक प्रर्दशन

प्रकाशित मिति:

सरकारले पुस्तकमा लगाएको कर पेट्रोलियम पर्दाथमा गरेको मुल्य बृद्धि र सरकारमा बसेकै मन्त्रिहरुले गरेको भष्टचार विरुद्ध नेपाल विद्यार्थी संघले सडक आन्दोलन गरेको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समतिले कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा अगाडी व्यानर प्ले कार्ड सहित नाराबाजी गर्दै १ घण्टा चक्का जाम गरेको थियो ।

सरकारले गरिव जनताका छोराछोरीले अध्ययन गर्ने पुस्तकमा १० प्रतिशत कर लगाएको छ त्यसको विरुद्ध कडा आन्दोलन गर्ने नेविसंघले जनाएको छ ।

त्यस्तै पेट्रोलियम पर्दाथमा प्रति लिटर ५ रुपैंया र्बृद्धि गरेर गरिव जनतालाई ढाड सेक्ने काम गरेको समेत नेविसंघले आरोप लगाएको छ । विरोध सभामा बोल्दै नेवि संघका जिल्ला सभापति राकेश पाण्डेयले वर्तमान सरकार काण्डै काण्डको सरकार र जनताको खुन पसिना चुस्ने काम गर्ने मात्र गरेको हुंदा अव विद्यार्थी एक भएर आन्दोलनमा उत्रर्ने बेला आएको बताए । अब नेपाल विद्यार्थी संघ कुनै पनि हालतमा चुप लागेर बस्न नसक्ने दावि गरे ।

साथै पाण्डेले सरकारले गरेका गलत कार्यहरु अव जनताले सहन नसकने बताए । त्यस्तै क्षेत्रिय सभापति आनन्द कुमार चौधरीले केन्द्रिय सर्कुलर अनुसार विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा संयौ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार