कपिलवस्तु बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले नगरबासी सक्षम भए मात्र बाणगंगा नगर सक्षम हुने बताएका छन । बाणगंगाको वडा नः २ मा आयोजित कम्प्युटर तालिमको समापन र ह्वील चियर बितरण कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले नगरमा बन्ने सडक, खानेपानीका योजना तथा कुनै पनि बिकास निमार्णले नागरिकको दिनचर्यालाई मात्र सहयोग पुग्ने तर नागरिक क्षमता र आर्थिक हिसावले बलियो भए मात्र नगर सक्षम हुने बिश्वास आफनो रहेको बताएका छन ।
नागरिक सक्षम हुदा नगर बलियो हुने हुदा नगरबासीकलाई सक्षम र बलियो बनाउन बाणगंगा नगरपालिकाले नियमित काम गर्दै आएको उनले बताए । कार्यक्रममा ३० जना कम्प्युटर तालिम सिकेकालाई प्रमाण पत्र बितरण गरिनुका साथै ४ जना अपाङ्गलाई ह्वील चियर बितरण गरिएको वडा सचिव नरेन्द्र पोखरेलले बताए । सो अवसरमा वडा अध्यक्ष बिष्णु पौडेल, पत्रकार महासघं कपिलवस्तुका सचिव हरि अधिकारी, अपाङ्ग उत्थान कपिलवस्तुका कार्यलय सचिव ढाकाराम अधिकारी, समाजसेवि नहकुल शाही लगायतले आआफनो धारणा राखेका थिए ।