गृहपृष्ठ Featured को बन्ला श्रृङ्गिघाट सामुदायिक बन बाणगंगाको अध्यक्ष ?

को बन्ला श्रृङ्गिघाट सामुदायिक बन बाणगंगाको अध्यक्ष ?

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १,३,४ र ५ मा रहेको श्रृङ्गिघाट सामुदायिक बनको अधिवेशन नजिकिएसगै अध्यक्ष को बन्छ भन्ने चर्चा सुरु भएको छ । माघ २५ गते भएको साधारण सभाले निर्वाचन मण्डललाई टोल टोलमा प्रतिनिधि छनोटपछि अधिवेशन गर्ने जिम्मा दिएसगै चुनावी माहोल बढेको हो ।

हालसम्म अध्यक्षमा दुई जनाको चर्चा रहेको छ । जसमा निरन्तर ३ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी रेनु सेन र निवर्तमान सचिव र यसअघि एक कार्यकाल सदस्य समेत रहेका कृष्ण प्रसाद पौडेलबिच चुनाव हुने देखिएको छ । दुवै आफनो प्रचार प्रसारमा लागेकाले सहमति हुने सम्भावना समेत न्युन रहेको छ ।

 

लागतार ३ कार्यकाल एउटै ब्यतिm एउटै पदमा बस्न स्वभाविक नहुने र समय सापेक्ष नेतृत्व परिर्वतन हुन आवश्यक रहेको आवाज समाजमा बढि रहेकाले कृष्ण पौडेलले जित्ने सम्भावना बढि रहेको आकंलन सरोकारवालाहरुको छ । पौडेल नेपाली काग्रेस निकट रहेका छन भने सेन पनि काग्रेस निकटनै रहेको तर प्रष्ट खुलेर राजनितिमा नआएका कारण अधिवेशनमा पार्टीगत जादा पनि पौडेल बलियो रहेको पाइएको छ । यद्यपि नेपाली काग्रेस बाणगंगाले आफनो पार्टीको आधिकारिक उमेद्धवार भनेर तोकेको भने छैन । उता महिलालेनै नेतृत्व पाउनुपर्छ भन्ने आवाज पनि ठुलो रहेकाले सेन पनि बलियो केन्डीडेटका रुपमा रहेकी छन । अधिवेशन चैत्र महिनाको पहिलो हप्तानै बिधानभित्र रही आफुले सक्ने निर्वाचन मण्डलका संयोजक कमल प्रसाद आर्चायले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार