लायन्स क्लव अफ कपिलवस्तुले कोरोना भाईरस बारे सचेतना ¥याली गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको उच्च जोखिममा नेपाल रहेको तथ्यांक सार्वजनिक गरे पनि नेपालमा हाल सम्म संक्रमीत व्यक्ति नभेटिएको भन्दै यसबाट सचेत रहने उपायहरुको बारेमा सचेतना गराईएको थियो । ¥यालीमा सर्वसाधारणहरुलाई पम्प्लेट वितरण गर्दै यसका लक्षण र रोकथामका बारेमा जानकारी गराईएको क्लवका सचिव धातानन्द भुसालले बताउनुभयो ।
ज्वरो आउने, खोकी लाग्ने, श्वास प्रश्वासमा अप्ठ्यारो हुने, श्वास फेर्न गाह्रो हुने, श्वास प्रश्वास छिटो छिटो हुने, ज्वरो आएको छिटो समयमै निमोनिया हुने, निमोनिया बढ्दै गएर मृगौलाको काम गर्न नसक्ने हुने र मृत्यु पनि हुन सक्ने जस्ता लक्षण बारे सचेत गराईएको थियो । त्यस्तै हातको सरसफाईमा ध्यान दिने, माक्स लगाउनुपर्ने, भिडभाड भएको स्थानमा खासै नजाने, हाच्छ्यिु गर्दा वा खोक्दा मुख छोप्ने, अण्डा तथा मासु जन्य पदार्थ राम्रोसंग पकाएर खानुपर्ने, जो कोहिसंग भेट्दा वा छुट्टिदा अंकमाल वा हात मिलाउन नहुने जस्ता बच्ने उपायहरुको बारेमा पनि सचेत रहन आग्रह गरिएको क्लवका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।