गृहपृष्ठ खबर प्रधानमन्त्री ओली अबको दुई दिनभित्र ‘डिस्चार्ज’ हुने

प्रधानमन्त्री ओली अबको दुई दिनभित्र ‘डिस्चार्ज’ हुने

यही फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी बुधबारसम्ममा अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने दाबी चिकित्सकहरुले गरेका छन् । मिर्गौला प्रत्यारोपण टिमको नेतृत्व गरेका डा। प्रेम ज्ञवालीले बुधबारभित्रमा डिस्चार्ज गर्ने बताए ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको र अबको दुई दिनभित्र डिस्चार्ज दिने उनले उल्लेख गरे ।

यस्तै, त्रिवि शिक्षण अस्पतालले पनि सोमबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सन्तोषजनकरुपमा सुधार भएको जनाएको छ । नियमितरुपमा भोजन, व्यायाम र हिँड्डुल गर्न थालेको अस्पतालका निर्देशक डा। प्रेमकृष्ण खड्गाले दाबी गरे ।प्रधानमन्त्री ओलीसँग चिकित्सकबाहेक अरु कसैलाई भेट्न भने दिइएको छैन ।

 

सम्बन्धित् समाचार