पूर्व सभामुख कृष्ण बहादुर महराले आफुलाई राजनैतिक चलखेलबाट फसाउन खोजिएको बताएका छन् । महराले आफुमाथि झुटो मुद्धा लगाए पनि जनताले आफुलाई सदैव विश्वास गरेको बताएका छन । बुधबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढी रमुवा दहमा आफन्त भेट्ने क्रममा पुगेका महाराले यस्तो बताएका हुन ।
राष्ट्रिय स्वाधिनताको मुद्धाबाट हटाउन आफु माथि झुटो आरोप लगाएर तिन महिना सम्म जेल बस्नु परेको बताउदै महाराले अपराध पुष्टि नभई उच्च अदालतले निर्दोष सावित गर्दै रिहा गरेको बताए । स्वाधिनताको मुद्धामा आफु अडिग रहेकोले आफुलाई हटाउन झुटो मुद्धा लगाउने राजनैतिक चलखेल भएको उनले बताए ।
उच्च अदालतले निर्दोष सावित गरेपछि आफ्नो घर परिवार र आफन्तजनसंगको भेटघाटमा व्यस्त रहेका महरा शिवराज ९ शिवगढीमा आफ्नो फुफु फुपाजुलाई भेटन बुधबार पुगेका हुन । शिवगढीमा महरा आउने भने पछि स्थानियले महरालाई भव्य रुपमा स्वागत गरेका थिए । महरा भेट्न शिवगढीको रमुहा दहमा जम्मा भएका स्थानियले पूर्व सभामुख महरालाई फुलमालाले स्वागत गरेका थिए ।
युद्धकालमा शिवगढीमा बास बसेको सम्झदै पूर्व सभामुख महराले शिवगढीमा पुन आउने बाचा २८ बर्ष पछि पुरा भएको बताए । कार्यव्यस्तताले आउन नपाएको जनाउदै लामो समय पछि आउँदा पनि जनताले गरेको माया प्रति आफु कृतज्ञ भएको बताए । रोल्पा, प्यूठान बाट बसाईसराई गरी आएकाहरुको बाहुल्यता भएको शिवगढीमा विकास निर्माणमा आफुले विशेष ध्यान दिने महराले बताए । विकास निर्माण र पार्टि संग जोडि रहन आग्रह गर्दै वडा अध्यक्ष चुरबहादुर खड्का र नगर अध्यक्ष दिनेश पुन संग जोडिएर विकास निर्माणमा लाग्न उनले आग्रह समेत गरे ।
वडा अध्यक्ष चुर बहादुर खड्का जीवनको निवासमा चिया पान पछि आफन्त भेट्न शिवगढी पुगेका महराले आफुलाई जेलमा रहदाँ दश हजार जना भेट्न आएको बताए । पूर्व सभामुख महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढा मगर, नेकपा शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुन ,जिल्ला सचिवालय सदस्य मिना परियार , , वडा नं. ९ का वडा अध्यक्ष चुर बहादुर खड्का लगायत नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।