गृहपृष्ठ अन्तरास्ट्रिय खबर पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीका लागि ४० लाख युवा विदेशिएको तथ्याङ्क सार्वजनिक

पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीका लागि ४० लाख युवा विदेशिएको तथ्याङ्क सार्वजनिक

पछिल्लो दश वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४० लाख पुगेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गर्दै दश वर्षमा मात्रै ४० लाख नेपालीहरु श्रम गर्न विदेशिएको बताएको हो । तथ्याङ्कअनुसार अहिलेसम्म १ सय ३२ भन्दा बढी देशमा नेपाली श्रमिकहरु श्रम गर्न पुगेका छन् । सन् २००८र०९ देखि सन २०१३र१४ सम्ममा प्रत्येक वर्ष औषतमा ५ लाखभन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । त्यसपछि भने यो संख्या कम हुँदै गएको छ ।

सन २०१८र१९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या २ लाख ३६ हजार २ सय ८ जना छ । त्यस्तै गत वर्ष यस्तो संख्या ३ लाख ५४ हजार ९८ रहेको थियो ।

वैदेशिक रोजगारीमा जानेहरुमध्ये ८८ प्रतिशत मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा रहेको पाइएको छ । ८० प्रतिशतभन्दा बढी १८ देखि ३५ वर्ष उमेर समूहका मानिसहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

त्यस्तै सन २०१८र१९ मा ५९ प्रतिशत अदक्ष श्रमिकहरु वैदेशिक रोजगारीमा गएका छन् । मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीमा जाने श्रमिकको क्षमता बढाउनुपर्ने प्रतिवेदनले देखाएको बताउनुभयो ।

सम्बन्धित् समाचार