गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या दुई पुग्यो, ८२ जना संक्रमित भएसंगै नेपाल पनि सचेत रहनुपर्ने आवश्यकता

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या दुई पुग्यो, ८२ जना संक्रमित भएसंगै नेपाल पनि सचेत रहनुपर्ने आवश्यकता

प्रकाशित मिति:

कोरोना भाइरसबाट भारतमा थप एक जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार ७९ वर्षीय महिलाको मृत्यु भएको हो। उनी दिल्लीको पश्चिम क्षेत्रकी हुन्। योसँगै भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या दुईजना पुगेको छ। यसअघि कर्नाटकको कलबुर्गीकी ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो। उनी केही दिन अगाडि साउदी अरबबाट भारत फर्किएका थिए।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ८२ जना कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो तथ्यांकअनुसार महाराष्ट्रमा ३, केरालामा २, कर्नाटक र दिल्लीमा एकएक जना नयाँ संक्रमित फेला परेका छन्।

सम्बन्धित् समाचार