गृहपृष्ठ खबर कपिलवस्तुमा यस्तो गाउँ जहाँ स्थानीय तहको सेवा सुविधा बारे थाहै छैन

कपिलवस्तुमा यस्तो गाउँ जहाँ स्थानीय तहको सेवा सुविधा बारे थाहै छैन

प्रकाशित मिति:

कपिलवस्तुको सुदुर पश्चिममा विजयनगर गाउँपालिका अवस्थित रहेको छ । यो गाउँपालिका भौगोलिक बनोटको हिसाबले अति विकट र पछाडी परेको क्षेत्र पनि हो । नेपालकै मानव विकास सुचाङ्कमा सबै भन्दा पछाडी परेको जिल्ला कपिलवस्तु र कपिलवस्तुमा पनि सबैभन्दा पछाडी परेको ठाउँ विजयनगर गाउँपालिका पर्दछ ।

विजयनगर दक्षिण र पश्चिमतिर भारत सिमानासँग जोडिएको गाउँपालिका हो । उत्तरतर्फ दाङ जिल्ला रहेको छ । दक्षिणमा केही थोरै भाग कृष्णनगर र पुर्वमा शिवराज नगरपालिकाको सिमानासँग जोडिएको छ ।
यस वडामा विशेष गरी दलित, थारु, आदिवासी जनजातीहरुले बसोबास गर्दै आईरहेका छन् ।

स्थानीय तहको निर्वाचन भएको झण्डै ३ वर्ष पुग्न लागेको अवस्थामा पनि स्थानीय तह के हो ? स्थानीय तहबाट पाउने सेवा सुविधाहरु केके हुन् ? हाम्रा हक अधिकार केके हुन् ? सामान्य सोँच्दा अचम्म लाग्छ । तर वास्तवमा विजयनगरमा पनि यस्ता ठाउँ रहेका छन । जुन हो गाउँपालिकाको वडा नं. १ ।

यस गाउँपालिकामै सबै भन्दा विकट क्षेत्रमा १ पर्दछ । जुन वीरनगर, जवाबैराठ लगायत गाउँ पर्दछन् । शिक्षित तथा केही पुरुषलाई थाहा भए पनि विशेष गरी महिलाहरुलाई झनै स्थानीय तहको बारेमा केही थाहा छैन् । उनीहरु आफ्नो हक अधिकारबाट बञ्चित भएका छन् ।
यी माथि उल्लेख गरिएका समस्याहरुलाई मध्येनजर गर्दै गाउँपालिकाले आइतवार सो ठाउँमा महिला समुह गठन गरेको छ ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा महिला सशक्तिकरणका लागि वीरनगरमा महिला समूह गठन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले महिलाहरुको उत्थानका लागि विभिन्न सचेतीकरण तालिम, सीपमुलक तालिम दिन र अनुदानहरु उपलब्ध गराउनुको साथै महिला सहभागीतालाई जोड दिएको बताउनु भएको छ । “पुरुष र महिला एक रथका दुई पाङ्ग्रा हुन्” भन्दै महिला विना विकास हुन असम्भव हुने दावीसमेत गर्नुभयो ।

गाउँपालिकाले सबै ठाउँमा विकास निमार्ण लगायत पुर्वाधारहरुको विकासलाई तीव्र रुपमा अगाडी बढाउँदै गएको चौधरी बताउनुभयो । विजयनगर विकट क्षेत्र भएतापनि अहिले विकासमा राम्रो गति लिईरहेको कुरा उल्लेख गर्नुभयो ।

काम गर्ने दौरानमा विभिन्न अप्ठ्याराहरु आईरहे पनि चौतर्फी विकासका लागि गाउँपालिकाले विशेष ध्यान पु¥याई रहेको बताउनुभयो । उहाँले गाउँपालिकाको अन्य वडाभन्दा १ नं.वडा हरेक विकास क्षेत्रमा पछाडी परेको ठाउँ भएकोले यसको विकासमा जोड दिएको बताउनभयो । महिलाहरुको हरेक हक अधिकारको पक्षमा आवाज उठाई रहने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो ।

कार्यक्रम सावित्री चौधरीको अध्यक्षतामा १७ जना सदस्यसहितको महिला समूह गठन गरिएको छ । महिला तथा बालबालिका शाखाका प्रमुख इन्द्र प्रसाद भण्डारीको सहजीकरणमा सम्पन्न भएको थियो

सम्बन्धित् समाचार