गृहपृष्ठ खबर बेहुलीले विवाहको दिन लगाउने सारीमा विवाद भएपछि विवाहको अघिल्लो दिन बेहुला फरार

बेहुलीले विवाहको दिन लगाउने सारीमा विवाद भएपछि विवाहको अघिल्लो दिन बेहुला फरार

प्रकाशित मिति:

बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद उत्पन्न भएपछि कर्नाटकका एक व्यक्ति विवाहको एक दिन अघि भागेका छन् ।

बेहुलाका अभिभावक अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । घटना बुधबारको हो ।

कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमार अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेका हुन्।

‘हामीले रघुकुमारविरुद्ध जालसाजींको मुद्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन् ,’ हसननगरका एसपी श्रीनिवास गोदले भने ।

प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् ।

रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए ।

तथापि, रघुकुमारका अभिभावकले संगिथालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए ।

विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा जनाइएको छ ।

सम्बन्धित् समाचार