गृहपृष्ठ Featured बाणगंगा वडा न.८मा वडा स्तरिय कोरोना बिपद  समन्वय समिति गठन

बाणगंगा वडा न.८मा वडा स्तरिय कोरोना बिपद  समन्वय समिति गठन

प्रकाशित मिति:

बाणगंगा नगरपालिका वडा न.८ले वडा स्तरिय बिपद  समन्वय समिति गठन गरेको छ । वडाले नाबेल कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै समिति गठन गरेको हो । बिहीवार गठित वडा स्तरीय बिपद  समन्वय समितिले कोरोनाबाट बच्नका लागि विभिन्न निर्णय गरेको छ । कोरोनाबाट बच्च समितिले भिडभाडमा नजान पनि सबैमा अनुरोध गरेको छ ।

बैठकले उच्च सर्तकता अपनाउने र वडा न .८लगायत नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड, सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । संभावित कोरोनाको संक्रमण फैलिन नदिनका लागि वडाले सबैतिर सुचना संप्रेशण गरिरहेको वडा अध्यक्ष गुणानिधि भुसालले बताए । विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन । कोरोनाको संक्रमण नदेखिए पनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउन अपिल गरेको छ ।

सम्बन्धित् समाचार