गृहपृष्ठ Featured बाणगंगा वडा न.८मा वडा स्तरिय कोरोना बिपद  समन्वय समिति गठन

बाणगंगा वडा न.८मा वडा स्तरिय कोरोना बिपद  समन्वय समिति गठन

बाणगंगा नगरपालिका वडा न.८ले वडा स्तरिय बिपद  समन्वय समिति गठन गरेको छ । वडाले नाबेल कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै समिति गठन गरेको हो । बिहीवार गठित वडा स्तरीय बिपद  समन्वय समितिले कोरोनाबाट बच्नका लागि विभिन्न निर्णय गरेको छ । कोरोनाबाट बच्च समितिले भिडभाडमा नजान पनि सबैमा अनुरोध गरेको छ ।

बैठकले उच्च सर्तकता अपनाउने र वडा न .८लगायत नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड, सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । संभावित कोरोनाको संक्रमण फैलिन नदिनका लागि वडाले सबैतिर सुचना संप्रेशण गरिरहेको वडा अध्यक्ष गुणानिधि भुसालले बताए । विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन । कोरोनाको संक्रमण नदेखिए पनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउन अपिल गरेको छ ।

सम्बन्धित् समाचार