कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपमेयर र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो ।
विकास निर्माणका कामको टेण्डर इविल्डीङ्ग र पत्रपत्रिकामा सुचना प्रकाशन गरी प्रक्रिया पुरा गरी टेण्डर आह्वान गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरीले बताए । सबै प्रक्रिया पुरा गरी टेण्डर आह्वान गरेको र सोही टेण्डर खोल्ने क्रममा उप मेयरलाई कुनै जानकारी नदिई टेण्डर खोल्न लागेको भन्दैे विवाद संगै आफु माथी हातपात भएको चौधरीले बताए । हातपात नै भए पछि प्रहरीलाई बोलाएर सुरक्षित भएको उनले बताए ।
निमित्त प्रमुख प्रशासकिय अधिकृतले आफुमाथी हातपात भएको भन्दै प्रेस विज्ञप्ती समेत निकालेका छन । निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरी द्धारा हस्ताक्षरित विज्ञप्तीमा विहिबार दिउँसो १२ः४५बजेको समयमा आफु माथी कार्यकक्षमा नै सोझै हातपात भएको कार्यालयमा सौहाद्र वातावरण र कर्मचारीको सुरक्षा नभए सम्म सम्पूर्ण कामकाज रोक्का गरिएको जनाएका छन ।
यता उप मेयर शबनम खातुनका प्रतिनिधीले उप मेयरलाई जानकारी नै नदिई एकलौटि रुपमा टेण्डर आह्वान गर्ने , टेण्डर निकाल्ने र भुक्तानी दिएको विषयमा सामान्य विवाद भएको तर हातपात नभएको बताए । उप मेयरका प्रतिनिधी उनका श्रीमान तुफेल खानले नगरमा हाल सम्म कुनै विकास निर्माणको काम नै नभएको तर १ करोड भन्दा बढि रकम निकासा दिएको ,योजनाका कामहरुको उपमेयरको अनुगमन विना नै निमित्त प्रमुख प्रशासकिय अधिकृत ,इन्जीनियर लगायतको मिलेमतोमा भुक्तानी गरेको जनाए । विहिबार खुल्न लागेको वडा नं। ३ र ८ को पोखरी सुन्दरीकारणको टेण्डर र वडा नं। ९ र १० को बाटो निर्माणको टेण्डरका बारेमा पनि उप मेयरलाई कुनै जानकारी किन नदिएको भन्ने विषयमा बुझ्न खोज्दा विवाद भएको हो । विवादका कारण विहिबार खुल्नु पर्ने सोहि टेण्डर खोलिएको छैन ।
नगर प्रमुख रजत शाहले भने आफु कार्यालयमा नभएको तर घटना बारे जानकारी पाएको बताएका छन । काठमाण्डौ रहेका नगर प्रमुख शाहले आफु आए पछि सत्य तथ्य वुझि घटनाका दोषीलाई कारबार्हि गरिने बताए ।