गृहपृष्ठ खबर सैनामैनाको एक होटलको कोठामा एक जना व्यक्ति मृत अवस्थामा फेला

सैनामैनाको एक होटलको कोठामा एक जना व्यक्ति मृत अवस्थामा फेला

प्रकाशित मिति:

सैनामैनाको एक होटलमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। सैनामैनाको हाम्रो अर्घाखाँची रेष्टुरेण्ड एण्ड लजमा विहिबार खान खाएर बसेका सैनामैना नगरपालिका–५ का ४८ वर्षका मेघ बहादुर खत्रीको मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनुभएको छ।

शुक्रवार बिहान अचेत अवस्थामा फेला परे पछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको र उपचारका लगिएता पनि लुम्बिनी प्रादेशिक अस्पतालले बिहान ८ बजे मृत घोषणा गरेको प्रहरी प्रवक्ता खत्रीले बताए । अत्याधिक मादक पदार्थ सेबन गरेका कारणले मृत्यु भएको हुन सक्ने प्रवक्ता खत्रीको भनाई रहेको छ । साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए ।

सम्बन्धित् समाचार