सरकारले आगामी चैत ९ गतेदेखि २१ गतेसम्मका लामो दुरीको सवारी आवागमन बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै आगामी चैत ९ गतेदेखि २१ गतेसम्मका लामो दुरीको सवारी आवागमन बन्द गर्ने बताएका हुन् ।
नीजि क्षेत्रसँगको समन्वयमा नियमित आपुर्तिको व्यवस्था मिलाइएको भन्दै प्रधानमन्त्री ओलीले कालाबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
अर्थव्यवस्थामा पर्नसक्ने असरका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरेको भन्दै अर्थव्यवस्थालाई संकुचित हुन नदिने प्रतिवद्धता व्यक्त गरे । हवाई उडान ९ गतेदेखि १८ गतेसम्मका लागि बन्द गर्ने, सिमानाकामा अनिवार्य स्वास्थ्यजाँचको व्यवस्था गरिएको पनि ओलीले बताए ।