गृहपृष्ठ खबर सरकारले तयार पार्‍यो क्वारेन्टाइनको मापदण्ड, दैनिक ४ पटक खानेकुराको व्यवस्था गरिनु पर्ने

सरकारले तयार पार्‍यो क्वारेन्टाइनको मापदण्ड, दैनिक ४ पटक खानेकुराको व्यवस्था गरिनु पर्ने

प्रकाशित मिति:

सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ । जसअनुसार कोरोना भाइरसका संकास्पद व्यक्तिहरुलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राख्न सकिने छ । संघ प्रदेश वा स्थानियतहमा निर्माण हुने वा तोकिने क्वारेन्टाइमा यो मापदण्ड लागु हुने छ । जसमा क्वारेन्टाइन घनावस्ति भन्दा टाढा हुनुपर्ने, सम्भव भएसम्म १ सयभन्दा बढीलाई राखिने र त्यहा खानेपानी,विजुली, सञ्चार र स्वास्थ्यको व्यवस्था हुनु पर्नेछ ।

सरकारी संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचना जस्तै होटल, शैक्षिक संस्था, होस्टेल, तालिम केन्द्रहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने छ । यस्तै खुल्ला मैदानमा पाल वा अन्य अस्थाई संरचनासमेत बनाउन सकिने र जसमा गर्भवती महिला, १० बर्ष मुनिका वालवालिका र जेष्ठ नागरिकलाई छुट्टै राख्ने व्यवस्था मिलाउनु पर्ने मापदण्डमा उल्लेख छ । क्वारेन्टाइनमा ७५ वर्ग फिटको स्थान वा एउटा खाटबाट अर्को खाटसम्मको दुरी ३ दशमलव ५ फिट हुनु पर्नेछ ।क्वारेन्टाइनमा सुर्तिजन्य तथा मादक पदार्थ सेवन गर्न नपाउने, कोही व्यक्ति भागे वा भाग्न कोसिस गरेको थाहा पाए तुरुन्त जानकारी गराउनु पर्ने उल्लेख गरिएको छ ।

 

यस्तै दिनको ४ पटक खानेकुराको व्यवस्था गरिनु पर्ने र मासुजन्य पदार्थ राम्रोसँग पाकेको एकिन गरेर मात्र खानु पर्ने र हाछ्यूँ गर्दा अनिवार्य रुपमा मुख छोप्नु पर्ने छ ।क्वारेन्टाइनमा बसेको व्यक्तिसँग बाह्य व्यक्तिले भेट्न नपाउने र त्यहाँ खटिने स्वास्थ्यकर्मी, चिकित्सक र अन्य व्यक्तिहरुले अनिवार्य रुपमा आचारसंहिता पालना गर्नु पर्ने छ ।

क्वारेन्टाइन सञ्चालनका लागि चाहिने रकम भने कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषबाट खर्च हुने छ ।

सम्बन्धित् समाचार