कोरोना भाईरस फैलन नदिन कपिलवस्तुमा तयारी तीब्र पारिएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिले जिल्लाका १० वटै पालिकासंग समन्वय गरी तयारी तीब्र पारेको जानाईएको छ । क्वारेन्टाईन, आईसुलेशन बेड संचालन, लक डाउनको कार्यान्वयन, बिदेशबाट फर्कैकाहरुलाई निग्रानी बढाउने लागतयका कार्य अघि बढाईएको प्रजिअदीर्घ नारायण पौडेलले बताए ।
‘ हामीले कोरोना फैलन नदिन सचेतना लगातयका कार्य सहीत तयारी अवस्थमा रहेका छौ ’ प्रअिज पौडेलले भने । केरोना भए नभएक् यकिन तथा आशांकामा परेका संक्रमितको उपचारकालागि कपिलवस्तुमा शुक्रवार साझ सम्मम १ सय ७८ क्वारेन्टाईन बेड संचचालमा ल्याएईएको छ । आशंकामा परेका संक्रमितको उपचारकालागि ८ बेडको आईसुलेशन समेत तयार गरिएको हो । कृष्णनगर नगरपालिकामा ७४ , कपिलवस्तु नगरपालिकामा ११, बिजयनगर गाउपालिकामा १६ शिवराज नगरपालिका १४ र महाराजगंज नगरपालिकामा ३५ क्वारेन्टाईन बेड निर्माण गरिएका छन । यस्तै बाणगंगा नगरापलिकामा ४, बुद्धुभीमी नगरपालिकामा ४, मायादेबी गाउपालिकामा २०, यशोधरा गाउपालिकामा ५ र सुद्धोदन गाउपालिकामा ४ क्वारेन्टाईन बेड तयार भएको छ ।
जिल्लाका ८ पालिकामा स्थापना गरिएका क्वारेन्टाईनमा ४४ जना राखिएका छन । कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकामा नौ नौ जना, कृष्णगनर नपामा ७, महाराजगंजमा ३, बिजयनगरमा ६, यशोधरामा ५, बुद्धभुमीमा एक, मायादेबीमा चार क्वारेन्टाईनमा रहेका छन । बाणगंगा नगरपालिका र शुद्धोदनमा एक जा पनि क्वारेन्टाईनमा छैनन । कपिलवस्तु अस्पतालमा चार, बाणगंगको पिपरा अस्पतालमा २ तथा शिवराज अस्पतालमा दुर्य बेड आईसुलेशन बेड तयारी अवस्थामा छन ।