सामाजिक सन्जाल फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा आइतबार बिहान कपिलवस्तुका एक युवा पक्राउ परेका छन् ।
मायादेवी गाउँपालिका–१, इमिलीयाका सफिक खानलाई इलाका प्रहरी पकडीको टोलीले पक्राउ गरेको हो । लुम्बिनी–तौलिहवा सडक खण्डको पकडीचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका उनले प्रहरीलाई ‘चुतिया’र नेतालाई ‘चोर’ शब्द उल्लेख गरेर शनिबार साँझ ६ बजेर ५९ मिनेटमा आफनो फेसबुक वालमा स्टाटस लेखेका थिए । कोरोना भाइरसका विषयमा उत्तेजित र आक्रोशित भएर उनले पोष्ट गरेका थिए ।
खानलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ । उनीसँग सोधपुछ र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।