गृहपृष्ठ Featured कपिलवस्तुको वाणगंगामा भेटिए कोरोना लक्षणका विरामी, उपचारका लागि बुटवल पठाइयो

कपिलवस्तुको वाणगंगामा भेटिए कोरोना लक्षणका विरामी, उपचारका लागि बुटवल पठाइयो

कपिलवस्तुको वाणगंगामा कोरोना भाइरस लक्षणका एक जना विरामी फेला परेका छन । विरामी आजभन्दा करिब १०⁄१२ दिन पहिले भारतको मुम्बईबाट घर आएका थिए । केही दिन देखि उनलाई लगातार टाउको दुख्ने,ज्वरो आउने समस्या देखिएको थियो । बिरामले अत्याधिक चाप्न थालेपछि उनी सोमबार विहान पिपरा अस्पतालमा उपचारका लागि गएका थिए ।

त्यहाँका स्वास्थ्यकर्मीले उनलाई कोरोना भाइरसको आशंका गरेका छन । कोरोनाको जस्तै लक्षण देखिएपछि उनलाई थप उपचारका लागि वुटवल पठाइएको बताइएको छ । उनको अवस्था अहिले कस्तो छ थाहा हुन सकेको छैन । उक्त बिरामीको नाम गोप्य राखिएको अस्पतालले जनाएको छ । आजभन्दा करिब १०⁄१२ दिन अगाडि घर आएका उनलाई स्थानीयहरुले तीन दिन अगाडी मात्र घरबाट बाहिर ननिस्कन भनेका थिए ।

सम्बन्धित् समाचार