कपिलवस्तुको वाणगंगामा कोरोना भाइरस लक्षणका एक जना विरामी फेला परेका छन । विरामी आजभन्दा करिब १०⁄१२ दिन पहिले भारतको मुम्बईबाट घर आएका थिए । केही दिन देखि उनलाई लगातार टाउको दुख्ने,ज्वरो आउने समस्या देखिएको थियो । बिरामले अत्याधिक चाप्न थालेपछि उनी सोमबार विहान पिपरा अस्पतालमा उपचारका लागि गएका थिए ।
त्यहाँका स्वास्थ्यकर्मीले उनलाई कोरोना भाइरसको आशंका गरेका छन । कोरोनाको जस्तै लक्षण देखिएपछि उनलाई थप उपचारका लागि वुटवल पठाइएको बताइएको छ । उनको अवस्था अहिले कस्तो छ थाहा हुन सकेको छैन । उक्त बिरामीको नाम गोप्य राखिएको अस्पतालले जनाएको छ । आजभन्दा करिब १०⁄१२ दिन अगाडि घर आएका उनलाई स्थानीयहरुले तीन दिन अगाडी मात्र घरबाट बाहिर ननिस्कन भनेका थिए ।