काठमाडौँ — कोरोना भाइरस ९कोभिड( १९०को संक्रमण खतरालाई मध्यनजर गर्दै जारी लकडाउनलाई सहयोग गर्दै अलपत्र परेका यात्रुलाई सहयोग गर्न र विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न भूमिका खेल्न प्रतिपक्षी कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जिल्ला सभापतिहरूका नाममा परिपत्र जारी गरेका छन् ।


अध्यक्ष बस्नेतले मंगलबार परिपत्र जारी गर्दै मुलुक र जनताले भोगिरहेको कठिन परिस्थितिमा आफू पनि सुरक्षित रहेर सक्दो सहयोग गर्न भनेका छन्। ुलकडाउन अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई र नियम क्रियाकलापमा सहजीकरण गर्नरगराउनको लागि जिल्ला अध्यक्षहरूलाई यो परिपत्र गरिन्छ,ु परिपत्रमा भनिएको छ।
ुबाहिरी मुलुकबाट आएका व्यक्तिहरू क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने,ु बस्नेतले भनेका छन्, ुलकडाउनका कारण आफनो गन्तव्यसम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरूलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने।ु
सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन पनि ७७ वटै जिल्ला अध्यक्षहरूलाई भनिएको छ। खाद्यान्न, तरकारी, दुध, औषधि, पानी लगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले त्यसमा सहजीकरणको भूमिका खेल्न पनि भनिएको छ। मजदुरहरूलाई सहयोग गर्न, भारतसँगको सीमामा अलपत्र परेकालाई प्रशासनसँगको समन्वयनमा स्वदेश भित्रिने वातावरण बनाउन पनि अध्यक्ष बस्नेतले जिल्लाका कार्यकर्ताहरूलाई भनेका छन्।








