गृहपृष्ठ खबर भक्तपुरमा एक महिलाको शीर नभएको शव फेला

भक्तपुरमा एक महिलाको शीर नभएको शव फेला

प्रकाशित मिति:

भक्तपुर जिल्ला मध्यपुर नगरपालिका वडा नं।३ गट्ठाघर स्थित नागरिक अस्पतालको दक्षिणमा रहेका हनुमन्ते खोलामा एक महिलाको शीर नभएको शव फेला परेको छ । हालसम्म नाम थर वतन नखुलेको महिलाको शवलाई पोष्टमार्टमका लागि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरिक्षक सबिन प्रधानको र महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट प्रहरी उपरीक्षक मुकेशकुमार सिंह सहितको अनुसन्धान अधिकृतको टोलीले सोमबार साँझ घटनास्थल पुगेको थियो ।

खोलाको किनारमा टाउको नभएको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक सबिन प्रधानले बताउनु भयो । नीलो सुरुवाल र कलेजी रंगको कुर्था लगाएको शवको हिप तथा हात खुट्टाको भागमा जनावरले खाएको जस्तो देखिएको र बाँया हातको नाडीमुनिको भाग नभएको, नजिकै बोरा, जेब्रा झोला र प्लाष्टिक समेत पाइएको थियो ।

घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्काको कार्य सम्पन्न गरी शव पोष्टमार्टमको लागि त्रि।बि। शिक्षण अस्पतालमा पठाई थप अनुसन्धान कार्य भइरहेको महानगरीय परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार