नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रदेशसँगको हातेमालोअन्तर्गत प्रत्येक प्रदेशलाई पाँच लाखको दरले सहयोग गर्ने निर्णय गरेको छ। यसअघि संघीय सरकारले खडा गरेको कोरोना रोकथाम उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको बैंकका सहायक प्रमुख अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिएका छन्।
बैंकले यो सहयोग प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दिइएको जनाएको छ।