गृहपृष्ठ कला/साहित्य “लेखक हुनु पर्दैन लेखे मात्र पुग्छ”

“लेखक हुनु पर्दैन लेखे मात्र पुग्छ”

सामाजिक संजालमा सक्रिय ‘ सकल सत्य समर्थन’ समूहले सार्वजनिक रूपमा लेख आव्हान गरेको छ । लक डाउनको समयमा युवाहरूलाई सृजनात्मक बनाउन उक्त समूहले सार्वजनिक रूपमा ‘लेख’का निमित्त आव्हान गरेको छ ।


समूहले सार्वजनिक गरेको सूचना यश प्रकार छ :
यो लकडाउनको अवधिलाई तपाईँले कत्तिको सिर्जनात्मक रूपले बिताउदैहुनुहुन्छ, अरू समयमा गरिने कामभन्दा फरक के गर्नुभयो अनि के यो समयले तपाईँको जीवनको कुनैँ अंशमा सकरात्मक असर पार्ला?

यी लगायतका विषयलाई समेटेर “मेरो लकडाउन” भन्ने विषयमा हामीहरूलाई लेखेर पठाउनुहोस अनि जित्नुहोस पुरस्कार।

तपाईँको लेखले अन्यलाई पनि सिर्जनात्मक कार्यगर्नको लागि प्रेरित गर्न सक्छ।

सृष्टिमा मानवको उत्पतिसँगै अनेकौँ युद्ध र दुःखलाई जितेर हामीहरू यो अवस्थासम्म आईपुगेका छौँ। यो युद्धलाईपनि जितेर मानवको आस्तित्वलाई पुनर्जीवित पार्नेछौ भन्ने विश्वास हामीहरूलाई छ।

अहिलेको अवस्थाको रामवाण भनेकै घरमा बस्नु हो। त्यसैरे घरमै बस्नुस तर सिर्जनलाई भने ओईलाउन नदिनुहोस।
_________________________________________
१. कपिलवस्तु जिल्ला भित्रकोले मात्रै आफ्नो सिर्जना हामीहरुलाई पठाउनुहोला।
२. उमेर समुहको कुनै अवरोध हुनेछैन।
३. लेख्नेक्रममा वर्णविन्यास नमिलेमा केहि फरक पर्दैन।
४. हामीलाई बुझाउनुभएको लेखमा कम्तिमा २५० शब्द भएको हुनुपर्छ।
५ . हाम्रो फेसबुक पेज
सकल सत्य समर्थनमा आफ्नो लेख पठाएको हुनुपर्छ।

सम्बन्धित् समाचार