शिवराज नगरपालिका वडा नं. २ मा राहत वितरण रोक्न भनी स्थानियले माग गरेका छन् । राजनिति आश्थाको आधारमा राहत वितरण गरिएको स्थानिय सुन्दर थारुले गुनासो गरे जातियताको नाममा १० कठ्ठा जग्गा भएको व्यतिलाई राहत वितरण गरेको थारुले बताए ।
राहत वितरण कार्यक्रमा विरोध गर्दे हल्लानगर निवासी एकल महिला दिलपुरा बुढाथोकीले गरिबको नाम छुटाई आफना नातागोताको नाम सिफारिस गरेको बताइन् । दसौ वर्ष देखि हल्लानगर बसदै आएको र को गरिव र को धनी छ भन्ने कुरा सबैलाई थाहा भएको बताईन । शिवराज नगरपालिकाले अति विपन्न वर्गलाई छनोट गर्ने निर्णय गरे पनि वडाले भने विभेद गरेको र दल बहादुर बस्नेतको नाममा आएको राहत दल बहादुर धर्ती लाई वितरण गरेको गुनासो उज्जेली बुढामगरले गरिन । शिवराज नगरपालिकाले वडान २ मा १०० घर धुरीलाई राहत दिने निर्णय गरे पनि वडा न २ का वडा अध्यक्षले सबै भन्दा बढी घरधुरी र गरिब भएको ठाँउमा ३५ कोटा निरधारर्ण गरेको र ६५ जनालाई वितरण गरने राहत आफना आसेपासेलाई दिएको बालापुर निवासी अलिहसन मुसलमानले बताए ।