कोरोनाको संक्रमणका कारण गरिएको लकडाउन दुई साता बढि पुगिसकेको छ । बिपन्न नागरिकमा अहिले हात मुख जोर्नै समस्या पर्न थालेको छ । स्थानिय सरकार अझै पनि राहत दिनेको नामावली संकलन गर्ने कार्यमै व्यस्त छन । जसका कारण बिपन्नको घरमा चुल्हो चौको बल्न छोडेको छ । यसैबिच प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली काँग्रेस पार्टी कपिलवस्तुले जिल्लाका बिपन्न नागरिकका लागी “काँग्रेस गरिबको घरमा” अभियान चलाएको छ । अभियान अन्र्तगत कपिलवस्तु काँग्रेस पार्टी र पार्टीको भातृ संगठन नेपाल तरुण दल, कपिलवस्तु र नेपाल बिद्यार्थी संघको क्षेत्रीय समिती १ को अगुवाईमा कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रका ३ सय ५० बढि बिपन्नलाई गाँउ टोलमै पुगी राहत दिईएको छ ।

राहत बितरणका लागी खटिएको टोलीले पार्टीको झण्डा लगायतको सामाग्री प्रयोगमा ल्याएको छैन भने राहत बितरणमा समेत सामाजिक दुरी कायम गराएको भेटिएको छ । पार्टीका केन्द्रिय सदस्य तथा साँसद अतहर कमाल मुसलमान, १ ९क० का क्षेत्रिय सभापति सालिकराम थारु, तरुणदल जिल्ला अध्यक्ष खोम बहादुर सिंह ठकुरी ९शक्ति०, नेपाल बिद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल, पार्टीका बाणगंगा नगर सभापति बिष्णु थापा, युवा नेता दिनेश क्षेत्री लगायत राहत बितरणमा सहभागी रहेका थिए ।
अभियान अन्र्तगत टोलीले बाणगंगा वडा नम्बर १ को बैरिया, वडा नम्बर २ को बाणगंगा र पिपरा, वडा नम्बर ३ को राजापानी, वडा नम्बर ४ को गजेहडा, झुगाँ, सिद्दिपुर र दरखास्त ५ को कोपवा र झण्डा, वडा नम्बर ६ लक्ष्मणघाट, वडा नम्बर ७ मोतिपुर, वडा नम्बर ८ को बोडगाँउ, वडा नम्बर ९ को भलवाड, वडा नम्बर १० को मेचकुरी डाडा, वडा नम्बर ११ को बरवा र ओदारीमा राहत बितरण गरेको थियो । संकटका बेला सबै मिलेर सहयोग गर्न आवश्यक रहेको भन्दै गरिब र बिपन्नलाई चामल, दाल, तेल र नुन लगायतको आवश्यकिय सामाग्री बाडिएको राहत बितरणमा लागेका नेबिसंघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए । आफुहरुले अहिलेको लक डाउनमा मात्रै नभई बिभिन्न समयमा आगलागीमा परेका, शिक्षा बाट बंचित भएका र जाडोमा लत्ता कपडा नभएकालाई समेत समय समयमा सहयोग गर्दे आएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले जानकारी दिए । “समस्यामा परेका नागरिकको साथमा काँग्रेस, तरुण दल र नेबिसंघ सधै साथ रहदै आएका छौ ।” उनले भने । कारोना संक्रमणको कारण बैशाख ३ गते सम्म आयोजना गरिएको लकडाउनमा खानमुख जोर्न नसक्नेहरुलाई घर घरमै पुगेर राहत दिएको उनले स्पष्ट पारे । गरिब र बिपन्नका लागी तत्कालीन राहतका लागी चलाईएको राहत बितरण अभियानलाई राष्ट्रियस्तरमै बिस्तारको आवश्यकता रहेको युवा नेता बताउछन । नागरिकका दुखःमा काँग्रेस सधै साथ रहदै आएको नेपाली काँग्रेस कपिलवस्तु १ ९क० का क्षेत्रिय सभापति सालिकराम थारुले बताए । जिल्लामा रहेका ज्यालादारी मजदुरी गर्ने नागरिकहरुलाई लकडाउनको अवस्थामा खानपिनमा साहैं समस्या परे पछि पार्टी तहमै सहयोग जुटाई राहत बितरण गरिएको पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभाका साँसद अतहर कमाल मुसलमानले बताए । “पार्टी र राहत बारे बढि होहल्ला गर्नु भन्दा वास्तविक बिपन्न नागरिक भोकै नबसुन भन्ने हाम्रो बुझाई हो । त्यसैका लागी “काँग्रेस गरिबको घरमा” अभियान चलाईएको हो ।” नेता कमालले भने । नेपाली काँग्रेस पार्टीले कपिलवस्तुमा शुरु गरेकोे “काँग्रेस गरिबको घरमा” अभियानलाई पार्टीले अन्य जिल्लामा समेत बिरुतार गर्न सके बिपन्न र गरिबका लागी सहयोग बितरण गर्ने कार्य अझै प्रभावकारी बन्ने द्ेखिन्छ । अभियान प्रभावकारी हुने मात्रै नभई अभियानले सरकारी योजनालाई समेत सहयोग पुग्ने स्पष्ट हुन्छ ।








