गृहपृष्ठ खबर मापदण्ड अनुसार राहत वितरण गर्नुपर्ने माग गर्दै नेकपा शुद्धोधनको विज्ञप्ति जारी

मापदण्ड अनुसार राहत वितरण गर्नुपर्ने माग गर्दै नेकपा शुद्धोधनको विज्ञप्ति जारी

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वितरण गरिएको राहत मापदण्ड अनुसार भए पनि सोही मापदण्डमा पर्ने अझै केहि छुट भएकोले त्यसलाई पनि दिनु पर्ने नेकपा शुद्धोधनले माग गरेको छ । राहत समाग्री पाएको व्यक्ति सरह विपन्न रहेका सोही अनुसारका अझै बाँकी रहेकोले सबैलाई दिनु पर्ने माग गरिएको छ । पार्टी तथा आप्ःनो नजिकको व्यक्तिलाई राहत वितरण गरिएको समेत अरोप लगाउदै बाकी रहेको सबैलाई दिनु पर्ने माग गरिएको नेकपा शुद्धोधन गाउँ कमिटि अध्यक्ष विनोद चौधरीले बताएका छन ।

गाउँ कमिटि अध्यक्ष चौधरीले एक विज्ञाप्ती जारी गर्दै दैनिक ज्यालादारीमा काम गरि जिविको पार्जन गर्दै आएका गरिव, असहाय, मजदुर, होटल, पसल, कारखानामा तथा इटा भट्टामा काम गर्ने श्रमिकलाई राहत दिनु पर्ने ठाँउमा दलगतलाई दिएको अरोप लगाईएको छ ।

संघिय सरकारले जारी गरेको राहत सम्बन्धी मापदण्ड २०७६ देश भरीमा राहात वितरण गर्न निर्देशन गरिएता पनि शुद्धोधन गाउँपालिकाले सो मापदण्डको दफा ३ बमोजिमका व्याक्तीहरूलाई दफा ५ बमोजिम राहात सामाग्री उपलब्ध गराउनु पर्ने र राहात पाउने व्याक्तिहरुको विवरण ३ दिन अगावै सार्बजनिक गर्नु पर्ने स्पष्ट व्यवस्था हुंदा हुदै पनि त्यसको विपरीत कार्य गरेको बताईएको छ ।

स्थानीय सरकार संघीय सरकारको निर्देशन अुनसार दलगत भावना भन्दा माथि उठी वास्तविक राहात पाउन योग्हरुलाई राहत दिनु सट्टा आफ्ना कार्यकर्ताहरुलाई राहात वितरणको गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी शुद्धोधन गाउँ कमिटिको गम्भिर ध्यानाकर्षण विज्ञाप्तीमा उल्लेख छ ।

सम्बन्धित् समाचार