गृहपृष्ठ अन्तरास्ट्रिय खबर स्वदेश फर्कन चाहने आफ्ना नागरिक नफर्काउने देशसँग यूएईले श्रम सम्झौता रद्द गर्न सक्ने

स्वदेश फर्कन चाहने आफ्ना नागरिक नफर्काउने देशसँग यूएईले श्रम सम्झौता रद्द गर्न सक्ने

प्रकाशित मिति:

यूएईको मानव संशाधन तथा इमिरेटिजेसन मन्त्रालयले आफ्ना मित्र राष्ट्रहरुसँगको वर्तमान श्रम समझदारीको बारेमा अध्ययन गरिरहेको जनाएको छ ।

यूएईमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन चाहेको खण्डमा नफर्काए त्यस्ता देशसँग श्रम समझदारी रद्द गर्न सक्ने त्यहाँको मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय पत्रिका खलिज टाइमले लेखेको छ ।

यूएई सरकारले यदि निजी क्षेत्रका श्रमिक घर फर्कन चाहेमा फिर्ता पठाउने नियम ल्याएकाे छ । घर फर्किन चाहने निजी क्षेत्रका प्रवासी कामदारलाई स्वदेश नफर्काउने देशको श्रम समझदारीमाथि पुनरावलोकन गरिने संशाधान मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण फैलिएपछि यूएई सरकारले घर फर्किन गरेको अनुरोधको कसैले पनि पालना नगरेपछि आफूहरुले यस्तो कदम चाल्नुपरेको ती अधिकारीको भनाइ छ ।

अहिले अध्ययन गरिरहेको नयाँ विकल्पमा स्वदेश फर्किन चाहने आफ्ना नागरिकलाई स्वदेश नफर्काएमा श्रम सम्झौता रद्द हुनुका साथै भविष्यमा रोजगारीमाथि पनि प्रतिबन्ध लगाइने जनाइएको छ ।

यूएईमा काम गर्ने आफ्नो देशका नागरिकप्रतिको जिम्मेवारी वहन गर्ने विषयलाई यस अध्ययनले जोड दिएको छ ।

सम्बन्धित् समाचार