गृहपृष्ठ खबर राष्ट्रिय प्रसारण प्रणालीमा समस्या आएपछि देशभर नै विजुली अवरुद्ध

राष्ट्रिय प्रसारण प्रणालीमा समस्या आएपछि देशभर नै विजुली अवरुद्ध

प्रकाशित मिति:

देशका विभिन्न भागमा चलेको हावाहुरी चट्याङका कारण मंगलबार राति करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ८।४५ बजेदेखि ९ बजेसम्म देशभरको प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपमहानिर्देशक हरराज न्यापानेले देशका अधिकांश भागमा सेवा अवरुद्ध हुन पुगेको बताए ।


उनले अवरुद्ध भएको सेवा सुरु भइसकेको पनि बताए । न्यौपानेले समस्या भएका स्थानमा टोली पुगेर मर्मतको काम पनि भइरहेको जानकारी दिए । ‘केही बेर केन्द्रीय प्रणाली नै प्रणाली गयो, समस्या भएका स्थानमा हाम्रो मर्मतको टोली परिचालित छ,’ उनले भने ,’भारप्रेषण केन्द्रले आवश्यक प्राविधिक काम गरिरहेको छ ।’

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पुरा देशभरको सिस्टममा विद्युत सेवा सुचारु गर्न भने अझै आधा घण्टा देखि ४५ मिनेट लाग्नेछ । ‘पुरै सिस्टम कोल्याप्स भएपछि सबै आयोजनाहरु पनि बन्द हुन्छन्, अब एक(एक आयोजना चलाउँदै सो क्षेत्रका सिस्टम रिकभर गर्नुपर्छ,’ उनले भने,’चट्याङ तथा हावाहुरीका कारण कुनै आयोजना सटडाउन भएपछि माग र आपूर्तिको सन्तुलन नमिल्दा यस्तो सिस्टम जाने हुन्छ ।’

सम्बन्धित् समाचार