गृहपृष्ठ अन्तरास्ट्रिय खबर डब्लुएचओको सहयोग रोकेपछि घेराबन्दीमा परे ट्रम्प,देशभित्रैबाट चर्को विरोध

डब्लुएचओको सहयोग रोकेपछि घेराबन्दीमा परे ट्रम्प,देशभित्रैबाट चर्को विरोध

प्रकाशित मिति:

चीनको समर्थन गरेको भन्दै विश्‍व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घेराबन्दीमा परेका छन्। आफ्नो देशमा कोरोनाबाट करिब २८ हजार मानिसले ज्यान गुमाइसकेको अवस्थामा पनि कोरोनाको दोष चीनमाथि थोपरिरहेका ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै आर्थिक सहयोग रोक्ने घोषणा गरेका थिए। उनको यो घोषणाकै विरोधमा अमेरिकाकै कयौँ संस्था उत्रिएका छन्।

अमेरिकन मेडिकल एसोसिएशनले राष्ट्रपति ट्रम्पको त्यस निर्णयलाई खतरनाक भनेको छ। यस घोषणाले अमेरिकालाई नै अफ्ठ्यारोमा पार्ने चेतावनी एसोसियशनले दिएको छ। डब्लुएचओले पनि सहयोग रोकिएर आफ्नो काम नरोकिने जनाएको छ। अमेरिकन मेडिकल एसोसिएशनका अध्यक्ष डाक्टर प्याट्रिक ह्यारिसले डब्लुएचओको सहयोग रोक्ने निर्णयलाई खतरनाक भनेका छन्। ह्‍यारिसले सीएनएनसँग भने, ुयो यस शताब्दीकै सबैभन्दा ठूलो स्वास्थ्य संकट हो। ट्रम्पले डब्लुएचओको सहयोग रोकिदिएका छन्।

 

यो गलत दिशामा उठाइएको खतरनाक कदम हो। यस भाइरसको कुनै सीमा छैन। विश्‍वले यदि एक भएर यसविरुद्ध उत्रिएन भने अवस्था भयानक हुनेछ। यसको असर हामी अमेरिकीले पनि भोग्नुपर्ने निश्‍चित छ।ु ट्रम्पको कदमलाई ुसनकु को संज्ञा दिँदै बेलायतसहित कयौँ देशले पनि आपत्ति जनाएका छन्। संयुक्त राष्ट्र संघ पनि ट्रम्पको यस कदमको विपक्षमा उभिएको छ। माइक्रोसफ्ट कम्पनीका सह(संस्थापक तथा अध्यक्ष बिल गेट्सले कोरोनाको लगातार बढ्दो संक्रमणबीच अमेरिकाको तर्फबाट विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० को फन्डिङ रोक्नने कदम खतरनाक भएको बताए। बिल गेट्सले बुधवार ट्वीट गर्दै भने, ुडब्ल्युचओको तर्फबाट गरिएका कयौँ प्रयासले कोरोना तीव्रगतिमा फैलिनबाट रोक्न मद्दत मिलेको छ। यदि उसको काम रोकियो भने कुनै अर्को संगठनले उसको स्थान लिन सक्दैन। अहिलेको अवस्थामा विश्वलाई डब्ल्युएचओको पहलको अझै कयौँ ज्यादा आवश्यकता छ।ु राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले यो समय डब्ल्युएचओ या कोरोनाविरुद्ध लडाईं लड्ने कुनै पनि संगठनका स्रोतको कमी गर्ने नभएको बताएका छन्। उनले यो समय यस संक्रमणलाई रोक्न अन्तारराष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रसंघका विदेश नीति प्रतिनिधि जोसेप बोरेलले राष्ट्रपति ट्रम्पले डब्ल्युएचओको सहयोग रोक्ने निर्णयको निन्दा गरेका छन्। उनले ट्रम्पको यस कदमलाई सही मान्‍नुपर्ने कुनै कारण नभएको बताएका छन्।

उनले महामारी रोक्न डब्लुएचओलाई अझै बढी सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन्। विश्‍व स्वास्थ्य संगठनका महासचिव टेड्रोस एधेनोमले अमेरिकाले सहयोग रोके पनि आफ्नो काम जारी राख्ने बताएका छन्। ुहालका दिनमा देश, संगठन र व्यक्तिको तर्फबाट मिलेको सहयोगका लागि हामी आभारी छौं। अमेरिकी सहयोग रोकिएपछि हामीलाई पर्ने असरबारे अध्ययन गरिरहेका छौं। हामी विश्‍वका सबै देशसँग मिलेर काम गर्न चहान्छौँ। महामारीविरुद्ध हामी हरेक तहको एउटा युद्ध लडिरहेका छौं, यसलाई हामीले हरहालतमा जित्नु छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युएचओको सहयोग रोक्ने निर्णय गर्दै कोरोना रोक्न उसको भूमिकाको समीक्षा हुन सक्ने बताएका थिए। ुयदि संगठनले तीव्र गतिमा काम गरेको भए विश्‍वभरमा यति धेरै मानिस मर्दैनथिए। आज म डब्ल्युएचओको सहयोग रोक्ने आदेश दिन्छु। कोरोनामा उसको भूमिकाको समीक्षा गरिनुपर्छु, उनले भनेका थिए। अमेरिकाले डब्ल्युएचओलाई वार्षिक चार अर्ब डलर भन्दा धेरै सहयोग गर्दै आएको छ।

सम्बन्धित् समाचार