गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोनाको विषयमा मतभेद हुदां ब्राजिलका राष्ट्रपतिद्धारा स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरियो

कोरोनाको विषयमा मतभेद हुदां ब्राजिलका राष्ट्रपतिद्धारा स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरियो

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्य मन्त्री लुइज ह्यानरिक मनडेटालाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लागू गरिएको लकडाउन खोल्ने विषयमा मतभेद भएपछि राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्री मनडेटालाई नै बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य मन्त्री मनडेटा लकडाउन अझै कायम राख्नुपर्ने पक्षमा छन् । तर लकडाउनले अर्थतन्त्रमा असर पर्ने भन्दै राष्ट्रपति बोलसोनारोले बिना कुनै डर मानिसलाई काममा फर्कनुपर्नेमा जोड दिँदै आएका छन् । यसअघि राष्ट्रपति बोलसोनारोले कोरोना भाइरसलाई सामान्य फ्लुको संज्ञा दिएका छन् ।

स्वास्थ्य मन्त्री मनडेटाले सामाजिक सञ्जाल ट्विटरमा आफू बर्खास्त भएको जानकारी दिँदै समयमै सम्हालिन आवश्यक रहेको बताएका छन् । राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेको खबर सार्वजनिक भएलगत्तै सर्वसाधारणले आफ्नो घरको बार्दलीमा निस्किएर भाँडा बजाएर राष्ट्रपतिको निर्णयको विरोध गरेका छन् ।

ब्राजिलमा अहिलेसम्म ३० हजारभन्दा धेरैमा सङ्क्रमण भएको तथा १९ सयभन्दा धेरैको ज्यान गएको जोन हप्किन्स् युनिभर्सिटीले जनाएको छ । स्वास्थ्य मन्त्री मनडेटाले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा भाइरस फैलिन नदिन सरकार एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनको यो अभिव्यक्तिलाई राष्ट्रपतिको आलोचनाको रुपमा हेरिएको छ ।

सम्बन्धित् समाचार