केही दिन पहिले बाणगंगा नगरपालिकाले नगर भित्र प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्ने निर्णय गर्यो निर्णय लगत्तै पहिलेको तुलनामा स्थानीय प्रशासन पनि ‘कडा’ रूपमै फिल्डमा खटिएको महशुस स्थानीयहरूले गरेका थिए ।
जिल्ला भित्रकै अन्य स्थानिय तह बाट बाणगंगा नगरमा प्रवेशगर्नेहरू प्रती नगरले उच्च निगरानी राख्ने निर्णय गरे संगै नगरबासीहरूले संभावित (Covid-19) भाइरस बाट जोगिन सकिने अनुमान् गरेका थिए ।
बाणगंगा नगरले पुर्व-पश्चिम् राजमार्गमा हिड्ने पैदल यात्रुहरूलाइ समेत ‘बिशेष’ व्यवस्था गरेर नगर कटाउने जानकारी सतहमा आएको थियो तर बिहीबार साझको दृश्य भने फरक देखियो ।
बाणगंगा नगरपालिकाको मुख्य व्यापारिक केन्द्र ४ नम्बर चोकमा नगरकै अन्य वडाका वडाबासीहरूले समेत प्रवेश गर्दा ‘केरकार’ गर्ने प्रशासन र ‘उच्च निगरानी’ राख्ने नगरपालिका सयौंको संख्यामा बजार क्षेत्रमा प्रवेश गर्ने यात्रुहरू प्रती अनविज्ञ छ ।
बजार क्षेत्रमा पैदल यात्रु लगायत मानिसहरुको भिडभाड बढ्न थालेपछि संक्रमणको जोखिम बढ्न सक्ने भएकाले स्थानीयहरु समेत त्रसित बन्न थालेका छन् ।
संभावित जोखिम कम गर्न लकडाउनको अवस्थामा पैदल यात्रामा निस्किएका यात्रीहरूलाइ जिल्ला प्रवेश गर्ने नाकाबाट नै उचित व्यवस्थापन गर्न नगरपालिले पहल गर्नु पर्ने स्थानीयहरूको माग छ ।
हेर्नुहोस् जितपुर बजारमा पैदल यात्रुहरू:


















