गृहपृष्ठ खबर बाणगंगा नगरपालिका द्धारा बजार अनुगमन, उल्घन गर्नेलाई कारबाही गरीने

बाणगंगा नगरपालिका द्धारा बजार अनुगमन, उल्घन गर्नेलाई कारबाही गरीने

प्रकाशित मिति:

बाणगंगा नगरपालिका  र  कपिलवस्तु उद्योग बाणिज्य संघ ले संयुक्तरुपमा बजार अनुगमन गरेको छ । विहिबारदेखि बजारमा कडाई गर्ने नगरपालिकाको निर्णय पछि शुक्रवार २ चरणमा बजारका अत्यावश्यक पसलहरुको अनुगमन गरिएको हो । अत्यावश्यक वस्तु तथा दैनिक उपभोग्य खाद्य्य वस्तु विक्रिवितरणका लागि विहान १० बजेसम्म समय पसलहरु संचालन गर्न नगरपालिकाले व्यापरिहरु लाई जानकारी गराएको थियो । सोहि जानकारी पछि गरिएको अनुगमनका क्रममा धेरै व्यापारिहरुले नगरपालिकोे निर्णय कार्यान्वयन गरेको पाइएको छ ।

कालोबजारी हुन थाल्यो भन्ने जन गुनासो आउन थाले पछि बिहान ७ बजे देखि १० बजेसम्मको समयमा खोलिएका पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनमा त्यस्तो कालोबजारी नभएको पाईएको छ । सोहि समयमै नगरबाहिरबाट तरकारी र फलफुलको आए-नआएको भन्ने लगायत अनुगमन भएको थियो ।

त्यस्तै बिहान १० बजे पछाडिको समयमा पसल बन्द गर्ने भन्ने नगरपालिकाको निर्णय कत्तिको कार्यान्वयन भएको छ भनेर अनुगमन भएको थियो । अनुगमनका क्रममा कोपवा, ओदारी, लगायत भित्री बाटोमा केही पसलहरु फाट्टफुट्ट विहान १० बजेपछि खोलिएको पाईएको छ ।

यसरि नगरपालिकाको नियम मिचेर पसल खोल्नेहरुलाई पहिलोपटकका लागि सम्झाइ बुझाई गरिएको छ भने अटेरी गरेर पुनः संचालन गरिएको पाइए कारबाही गर्नेे नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए । नगरपालिकाले नगरवासिकै लागि यस्तो निर्णय गरेको हो यसलाई इमान्दारिताका साथ पालना गर्न सके हामिसबै सुरक्षित हुने अर्यालले बताए ।

 

यस्तै नगर र उद्योग बाणिज्य संघलले दैनिक खाद्य्य तथा उपभोग्य वस्तु अभाव हुन नदिन पसलेहरु लाई आग्रह गरिएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले बताए । उपभोक्ताले निर्धारीत समयमा आफुलाई चाहिएको सामान खरिद गर्न सक्ने छन् ।

 

अनुगमनमा नगर उपप्रमुख चक्रपाणी अर्याल, नगर प्रवक्ता विष्णु पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, संघका पूर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराई, समाजसेवी डोलकराम घिमिरे, बाणगंगा यातायात ब्यावसायी समितिका अध्यक्ष तथा विष्णु न्यौपाने, वैखरी अनलाईनका सहसम्पादक हरि घिमिरे, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने,सहितको टोलीले पिपरा वैरिया, चार नम्बर, गजेहडा, ओदारी, कोपवा, बनगाई, बोडगाउका पसलहरुको अनुगमन गरेको थियो ।

सम्बन्धित् समाचार