गृहपृष्ठ खबर नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल र नेविसंघको कामप्रति गर्व लागेको छ : सभापति आचार्य

नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल र नेविसंघको कामप्रति गर्व लागेको छ : सभापति आचार्य

प्रकाशित मिति:

लकडाउनको घोषणापछि पनि गन्तव्यमा पुग्न हिडेका तर विच बाटोमा नै अलपत्र परेका सर्वसाधारणहरुलाई नेपाली कांग्रेस कपिलवस्तुले खानपिनको व्यवस्थापनसहित उद्दार गर्ने जनाएको छ । दैनिक जसो गन्तव्यमा पुग्नका लागि हिडेका सर्वसाधारणहरु भोकभोकै रहेको अवस्था देखिएपछि मानवीय सेवा भावले उनीहरुलाई खानपिन र गन्तव्य सम्म पुग्नका लागि नेपाली कांग्रेस कपिलवस्तुले सहयोग गर्ने जिल्ला सभापति सुरेन्द्र राज आचार्यले बताएका छन् ।

जिल्ला सभापति आचार्यले आज एक वक्तव्य जारी गर्दै अलपत्र परेकाहरुका साथमा नेपाली कांग्रेस कपिलवस्तु रहने बताएका छन् । अलपत्र परेकाहरुको उद्दार, खानपिन र गन्तव्य सम्म पुग्ने व्यवस्थापनका लागि नेपाली कांग्रेसका तर्फका संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय निकायका प्रमुखहरुसंग सल्लाह गरी पार्टी नेता कार्यकर्ता, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र महिला संघलाई परिचालन गरिने जिल्ला सभापति आचार्यले बताए । यसका लागि पुर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा खाना खाने र वस्नका लागि व्यवस्थापन गरिने छ, सभापति आचार्यले भने ।

संकटको यो बेलामा राजनिति भन्दा माथि उठेर मानवीय सेवाका लागि जुट्न सवै दलका नेता कार्यकर्ताहरुलाई पार्टी सभापति आचार्यले आह्वान समेत गरेका छन् । कोभिड १९ को यो महामारी संग लड्न सवै नेपाली एक भई अघि बढ्नु पर्छ, सभापति आचार्यले भने, “पहिले कोभिड १९ संग लडौं त्यस पनि निर्वाचनका बेला आआफ्नो पार्टीको एजेण्डा लिएर लडौंला ।”

लक डाउनको अवस्थामा दैनिक ज्याला मजदुरी गर्दै आएका र २ छाक टार्न मुस्किल रहेका सर्वसाधारणहरुलाई नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले जिल्लामा गर्दै आएको राहत वितरण कार्यको सभापति आचार्यले प्रशंसा गरेका छन् । नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी र नेपाल विद्यार्थी संघ क्षेत्रिय सभापति चन्द्रकान्त पोखरेलको नेतृत्वमा तरुण विद्यार्थीहरुले गरेको राहत सामाग्री वितरण कार्य आम नेपाली तरुण विद्यार्थीहरुका लागि उदाहरणीय बनेको छ, सभापति आचार्यले भने, “आज मलाई नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका भाईहरु प्रति गर्व लागेको छ ।”

सम्बन्धित् समाचार