कपिलवस्तु , चैत ८
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख प्रमुख जिल्ला अधिकरी दिर्घ नारायण पौडेलले नेपाली कांग्रेस पार्टीलाई पटक पटक वाइ पास गर्दै आएका छन् । पछिल्लो पटक आइतवार जिल्ला विपद व्यवस्थापन समितिमा अन्य दललाई वोलाएर नेपाली कांग्रेस पार्टीलाई बैठकमा बोलाउदै बोलाएनन् । सरकारवादी नेकपाका नेता लगायत अन्यलाई बैठकमा बोलाउने तर नेपाली कांग्रेस पार्टीलाई बैठकमा नवोलाएको प्रति नेपाली कांग्रेस कपिलवस्तुले कडा रुपमा आलोचना गरेको छ ।
नेपाली कांग्रेसका पार्टी सभापति एवं पुर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चायले प्रजिअले सत्ता पक्षको मात्र कुरा सुन्ने र कांग्रेसको कुरा नसुन्ने आरोप लगाएका छन् । राष्ट्यि दलको रुपमा रहेको र दोश्रो ठुलो दल र जिल्लामा ५० प्रतिशत भन्दा वढि स्थानीय सरकार नेपाली कांग्रेस नेतृत्वमा रहको अवगत गराउदै कांग्रेसलाई हरेक पटक फरक दृष्टिकोणले हेरेको भन्दै आपत्ति जनाएका छन् ।
जिल्लामा हुने निर्णय कांग्रेस लाई पनि थाहा हुनु पर्छ तर किन थाहा दिइन्न सत्ता पक्षको मात्र कुरा सुन्ने यो तरिका राम्रो भएन आर्चायले भने । लग डाउनको समयमा सरकारको नियम पालना गर्दे राहत तथा सहयोगमा जुटेको पार्टीलाई गरिएको विभेद सहन नसक्ने भन्दै लग डाउन पछि प्रजिअको ज्याजदी विरुद्ध आन्दोलमा उत्रने चेतावनी समेत आर्चायले दिएका छन् ।
जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धी ऐनको परिच्छेद ७ को दफा छ मा राष्ट्यि मान्यता प्राप्त दलका प्रमुख वा प्रतिनिधी सदस्य रहने व्यवस्था छ । प्रमुख जिल्ल अधिकारी संयोजक रहने यो समितिमा राजनैतिक दललाई सदस्यको रुपमा राख्ने व्यवस्था छ । यस अघि नेपाली कांग्रेसले नेतृत्व गरेको महाराजगंज नगरपालिका वडा नं ७ मा राहत वितरणमा अनियमिता भयो भनेर नेकपाले अवरोध सिर्जना गरेर तालावन्दी गरेकोमा पनि सत्ता पक्षको कुरा सुनेको कांग्रेसको ठहर छ । प्रजिअले अनुगमन गरी चामल ठिक छ भनेर ठहर गरेर आएपनि हालसम्म वडा कार्यालयको ताला खुल्न पाएको छैन । जसको कारण राहत तथा सामाजिक सुरक्षा वितरण गर्न सकिएको छैन ।
त्यस्तै जिल्लामा नेपाली कांग्रेस र भातृ संस्था तरुण दल र नेपाल विद्यार्थी संघले राहत वितरण गर्दा पनि प्रजिअ पौडेलले अवरोध गरेको नेपाली काग्रेसका केन्द्रिय संदस्य एवं प्रतिनिधी सभा सदस्य अतहर कमाल मुसलमानले बताए । प्रजिअ भनेको जिल्लाको सरक्षक र समन्यवकारी भुमीका र सबै दललाई एक आखांले हेर्नु पर्ने हो तर उहांले केवल नेकपाका नेता तथा कार्यकर्ताको कुरा सुन्नु भएको छ कमालले भने । अन्य ठाउंमा स्थानीय तहले रातह वितरण गर्दा हुने तर कांग्रेसले नेतृतव गरेको ठाउ्रंमा सर्वदलिय बनाउने भन्दै त्यसको आलोचना समेत कमालले गरे ।
यस बारेमा प्रजिअ पौडेलले बैठकमा कसैलाई नछुटाएको बताए ।