गृहपृष्ठ खबर सरकारको निर्णय अनुसार सीमा सिल,निगरानी कडा : डिआईजी पौडेल

सरकारको निर्णय अनुसार सीमा सिल,निगरानी कडा : डिआईजी पौडेल

लकडाउनको पुर्ण कार्यान्वयन गराई सिमामा आवागमन पुर्ण रोक्न प्रदेश ५ को भारतसँग सीमा जोडिएका स्थानमा २ सय ५० बढी अस्थायी पोष्ट खडा गरिएको छ । सशस्त्र प्रहरीको टोलीले लुकी चोरी आवागमन हुन सक्ने ठाँउमा पाल टाँगेर र अस्थायी पोष्ट खडा गरि २४ घण्टा ड्यूटीमा लागेर सिमा निगरानी अगाडी बढाएको हो । सिमा वारपार आवतजावतले कोरोना भाइरस संक्रमणको त्रास बढेका कारण सशस्त्र प्रहरी सीमामा तैनाथ भएर आवागमनमा पूरै रोक लगाउदै आएको छ । शसस्त्र प्रहरीको टोलीले पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी खुला सीमामा सुरक्षा कडा बनाएको छ ।


टोलीले सिमा निगरानीका लागी एक अर्काले देख्ने दुरीमा डयुटी गरि नियमित निगरानी गर्दै आएको छ । कति पय अस्थाई पोष्टमा ड्युटीका लागी बाईनाकुलन समेत दिएर निगरानी कडा बनाईएको छ । सिमा सुरक्षामा खटिएको टोलीले टयुटीमा रहेको अन्य टोली र सिमास्तम्भको समेत बाईनाकुलरबाट समेत निगरानी गर्ने गरेको छ । प्रत्यक अस्थाई पोष्टमा ८ जना देखी १५ जनाको संख्यामा शसस्त्र प्रहरीको टोली खटिएको छ । सीमाका ६ जिल्लामा अस्थायी पोष्टका लागि थप एक हजार जनशक्ति परिचालित छन् । मुलुक लकडाउनमा गएसँगै चैत ११ गतेबाट सीमामै रहेका युनिटको जनशक्ति अधिकतम परिचालन गरिएको थियो । चैत २२ गतेबाट अस्थायी पोष्टमा खटाइएकाहरु पाल र टेण्ट टाँगेर बसेका छन् । सशस्त्रको हेडक्वाटर र बाहिनीबाट ड्यूटीका लागी पाल र टेण्ट पठाएको हो ।


यसै बिच कपिलवस्तुको बर्डर आउट पोष्ट (बिओपी) हर्दौना मातहत रहेका टेन्टले निर्मित अस्थाई पोष्टको स्थलगत अवलोकन गरिएको छ । शसस्त्र प्रहरी बिन्दबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) नारायणदत्त पौडेल, प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, शसस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरी र राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक जयेन्द्र उपाध्याय लगायतको टोलीले अवलोकन गरेको हो । सामान्य अवस्थामा प्रदेश ५ का भारतिय सिमा जोडिएका ६ वटा जिल्लामा ६ गण, ३ भंसार सुरक्षा गुल्म र २८ बिओपी रहेका थिए । तर कोरोनाको संकट पछि गरिएको लकडाउनलाई कडाई गर्न प्रदेशका २ सय ५० बढि स्थानमा अस्थाई पोष्ट (फर्वाड बेस) स्थापना गरिएको शसस्त्र प्रहरीका डिआईजी नारायणदत्त पौडेलले जानकारी दिए । सिमा सुरक्षा गर्ने संयन्त्र प्रभावकारी परिचालन गर्न फरवार्ड बेस सगै पिकेट, चेक प्वाईन्टहरु बनाउनुका साथै थप सहयोगका लागी सडक पुगेका स्थानमा मोबाईल गस्ती र नपुगेका स्थानमा पैदल गस्ती गराईएको स्पष्ट पारे ।

“प्रदेशका अरु जिल्लाको अन्य सुरक्षा निकाय सँग समन्वय सगै भारतिय काउण्डर पार्ट तर्फको गोरखपुर र लखिमपुरको सिमा सुरक्षा बलका डिआईजीहरु सँग निरन्तर समन्वय गरेको छु ।” डिआईजी पौडेलले भने । “सिमाका दुवै तर्फ कुनै पनि मुभमेन्ट नहोस भनेर प्रभावकारी रुपमा परिचालन गरेका छौ । सरकारले सिमालाई सिल गर्ने जुन निर्णय गरेको छ, त्यस्का लागी सुरक्षाकर्मी थपेर सिमा क्षेत्रमा निगरानी कडा बनाएका छौ ।” उनले भने ।

एउटा गण, एउटा भंसार सुरक्षा गस्ती टोली र ६ वटा बर्डर आउन पोष्ट ९बिओपी० रहेको कपिलवस्तुमा अहिले सम्म ४६ वटा अस्थाई पोष्ट थप भएको शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए । “सिमा निगरानी बृद्धिका लागी जिल्लामा थप ४ सय को हाराहारीमा जनशक्ति थप भएको छ । सिमा क्षेत्रमा २४ घण्टानै निगरानी गर्न सुरक्षा सर्तकता बढाएका छौ ।” उपरिक्षक पुरीले भने । कपिलवस्तु जिल्लाको ९३ किलोमिटरको क्षेत्र भारतिय सिमा सँग जोडिएकोमा कपिलवस्तुमा हाल सम्म ४६ वटा अस्थाई पोष्ट रहेकोमा आईतरबार १६ वटा अस्थाई पोष्ट थप गरि ६५ अस्थाई पोष्टबाट सिमा निगरानी गरी लकडाउनमा कडाई गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार