गृहपृष्ठ अर्थ/वाणिज्य महाराजगन्ज नगरपालिका – १ का ३ सय २२ घरपरिवारलाई राहत वितरण

महाराजगन्ज नगरपालिका – १ का ३ सय २२ घरपरिवारलाई राहत वितरण

कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा न .१ का वडा अध्यक्ष को नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य बुधवार बाट सुरु गरिएको छ  । सबै पार्टीका प्रतिनिधिहरुले सर्वदलीय बैठकमा पार्टीका प्रतिनिधि नेकपाका निजामुद्दीन खाँ , समाजवादी का अब्दुल मोतिम , राजपा का मनिराम अग्ररी र नेपाली कंग्रेस का निवर धुनिया हरु बाट तयार गरिएको नामावलीहरु को आधार बाट राहत वितरण गरिएको वडा अध्यक्ष शिव प्रसाद बनियाले जानकारी दिनु भएको छ । वडाको सबै गाउँमा  रातह वितरण गरेर हुदैन वाकी रहेको गाउँमा भोली पनि वितरण गर्ने अध्यक्ष बनियाले बताउनु भयो ।

वडा नं १ का मा ३ सय २२ जना गरिब , मजदुर र विपन्न परिवारलाई चामल २५ किलो, दाल २ किलो, नुन १ किलो , तेल १ लिटर राहत सामाग्री वितरण गरिएको छ ।

अध्यक्ष बनियाको अनुसार महाराजगन्ज नगरपालिका भित्र का सबै वडा लाई राहत वितरण गर्नको लागि ५ लाख रुपैया दिइएको र कुनै गरिब , विपन्न परिवारको नाम छुटेको छ भने  उनीहरूलाई पछि निर्णय गरेर राहत वितरण गर्ने बताईएको छ ।

सम्बन्धित् समाचार