गृहपृष्ठ खबर लकडाउनको समय अवधिभर झिमरुक प्रवेशमा रोक

लकडाउनको समय अवधिभर झिमरुक प्रवेशमा रोक

प्रकाशित मिति:

प्युठानको झिमरुक गाउपालिका मच्छि भ्यागुतेले आज गाउपालिकामा सर्बदलिय सर्बपक्षिय बैठक बसि जिल्ला बाहिरबाट झिमरुक प्रबेस गर्नेहरुलाई पुर्णरुपमा रोक लगाऊने निर्णय गरेको छ।बिश्वब्यापी रुपमा फैलिएको नोभेल कोराना भाईरसका संक्रमित बिरामि नेपालमा पनिदिन प्रतिदिन बढ्दैगएकोले कोरोनाको रोकथाम लकडाउन उचित निर्णय सरकारले गरेकोमा लकडाउनको पुर्ण पालना गर्दै आ आफ्नो ठाउमा सचेत रहेर बस्न समेत बैठकमा निणर्य गरिएको छ ।

बाहिरि जिल्ला बाट प्युठान भित्रिने हल्ला फ‌ैलिएपछि गाउपालिकाले यस्तो निर्णय गरेको हो सर्बदलिय रुपमा बसेको बैठकले आजकैदिनबाट गाउपालिका प्रबेशमा रोक लगाएको छ भने लकडाउन समय अबधिभर यदि कुनैपनि ब्याक्ति झिमरुकमा प्रबेस गरेमा अनिबा्य तिनहप्ता क्वारेन्टाइन मा बस्नुपर्ने छ ।

क्वारेन्टाइन गाउपालिकाले बनाउने छ र सुत्ने कपडा,खानेभाडाकुडाको ब्यबस्था स्वयम क्वारेन्टाइनमा बस्नेको घरपरिवारले गर्नु पर्नेछ अति बिपन्नको लागि स्थानिय सरकारले गर्नेछ।

अति आबश्यक सबारि साधन एम्बुलेन्स ,खाधन्न,कृर्षि,र नेपाल सरकारले लकडाउनको समय अबधिभर किटान गरि चलाउन दिएका बाहेकका सबारिसाधन चलाउन नपाउने गाउपालिका स्रोतले जनाएको छ।

सम्बन्धित् समाचार