कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.४ स्थायी घर भई दाङको एक वडा कार्यालयमा सचिवको जिम्मेवारी सम्हालेका हरिप्रसाद पन्थी मृत अवस्थामा भेटिएका छन् । सचिवमा नाम निकालेपछि पन्थी गंगटेमा पोष्टिङ भएका थिए । उनी वडा कार्यालयमै बस्दै आएका थिए ।
पन्थी दाङको बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिवको रुपमा कार्यरत थिए । पन्थी कार्यालयमै झुण्डिएको अवस्थामा भेटिएको दाङ जिल्ला प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
जनक भट्टराईका अनुसार पन्थी बिहीबार बिहान ८ बजेतिर झुन्डिएको भनिएयता पनि प्रहरीले दुई घन्टापछि मात्रै जानकारी दिएको पाईएको थियो ।
पन्थीले दुई महिना अगाडि मात्रै वडा सचिवमा नाम निकालेको खुल्न आएको छ ।