
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। पार्टीमा चर्किएको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले बोलाएपछि अध्यक्ष दाहाल केहीबेरअघि बालुवटार पुगेका हुन्। आजै बस्ने भनिएको नेकपा सचिवालयको बैठक अनिश्चित भएका बेला दुई अध्यक्षबीच बालुवटारमा संवाद हुने भएको छ।








