गृहपृष्ठ खबर जिल्ला सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद ‘अपहरण’विरुद्धको जाहेरी दर्ता

जिल्ला सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद ‘अपहरण’विरुद्धको जाहेरी दर्ता

प्रकाशित मिति:

काठमाडौं, वैशाख १६ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले समाजवादी पार्टीका सांसद ‘अपहरण’विरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणमा परिएको भनिएका समाजवादीका सांसद डा. सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर मंगलबार बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

यसअघि, गएको आइतबार उनीहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन खोजेका थिए । तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो ।

सरकारी वकिलको कार्यालयले यो प्रकरणबारे थप कानुनी परामर्शपछि मुद्दा दर्ता गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिने बताएको अधिवक्ता वीरेन्द्र यादवले जानकारी दिए ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

डा. यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्दामा अनुसन्धान गर्नुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित् समाचार