गृहपृष्ठ खबर दाङमा युवाद्धारा स्थानीयस्तरमै सेनिटाइजर उत्पादन

दाङमा युवाद्धारा स्थानीयस्तरमै सेनिटाइजर उत्पादन

बजारमा अभाव भएका समयमा दाङका युवाले स्यानिटाइजर उत्पादन सुरु गरेका छन् । तुलसीपुरका विभिन्न सामाजिक संस्थामा संलग्न युवाले स्यानिटाइजर उत्पादन थालेका हुन् ।

कोभिड–१९ को संक्रमणबाट बच्न साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नेको संख्या बढेपछि बजारमा सेनिटाइजर अभाव भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा युएसएआइडीको आर्थिक सहयोगमा तालिम लिएपछि जेसिज, रोट्याक्ट, निजी अस्पताल र महिला उद्यमीले संयुक्तरुपमा स्यानिटाइजर उत्पादन आरम्भ गरेको व्यवसायी विनिल केसीले जानकारी दिए ।

यस क्षेत्रका ५० स्वयंसेवीलाई तालीम दिइएको र उनीहरुले पहिलो पटक एक हजार २५० लिटर स्यानिटाइजर उत्पादन गर्ने उनले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार उत्पादित सेनिटाइजर स्थानीय सरकारको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाका स्वास्थ्य संस्थालाई पहिलो चरणमा निःशुल्क वितरण गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले जानकारी दिए ।

सम्बन्धित् समाचार